रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २९, २०८०
|
|
४८ पटक हेरिएको
Shares
रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू

सारांश

  • रेसुङ्गा ।
  • गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ ।
  • नेपाल वायुसेवा निगमको ढल्(ब्द्यत् ट्वीनअटर जहाजले नियमित उडान थालेको हो ।

रेसुङ्गा । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ढल्(ब्द्यत् ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ ।

निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको थियो । व्यावसायिक उडानको क्रममा पहिलो यात्रुका रुपमा आएका रेसुङ्गा नगरपालिका–१ का अखिलेश्वर पाण्डेले सुरक्षित, भरपर्दो र छिटो आफ्नै जिल्लाबाट हवाई सेवा पाएको बताए ।

त्यसैगरी गुल्मीदरबार गाउँपालिका–२ की पार्वती भुजेलले पनि काठमाडौँबाट केही समयमै गुल्मी आउन पाएको बताए । हवाई सेवाले गुल्मी र राजधानीलाई नजिक बनाएको अनूभूति आफूले गरेको उनले सुनाए ।

आज बिहान ६ः३० बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजले ७ः१५ बजे रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रबार नियमित उडान हुनेछ ।

“परीक्षणका क्रममा विमानस्थलको अवस्था हेरेर बिहानी समयमा उडान गरेका हौँ”, क्याप्टेन विष्टले भने, “हाललाई शुक्रबार मात्र उडान हुन्छ, पछि मङ्गलबार पनि उडान भर्ने हाम्रो तयारी छ ।” रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौँमै गई लामो समय प्रयास गरी नेपाल एयरलाइन्सले नियमित उडान गरेको बताए ।

“गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका थियौँ”, उनले भने, “नियमित उडानले गुल्मेलीको सपना साकार भएको छ ।” उनका अनुसार निगम र नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भएको थियो । निगमको जहाज पहिलो व्यावसायिक उडानमा १४ यात्रु बोकेर रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो । फर्किँदा पनि १४ यात्रु लिएर जहाज फर्किएको हो । पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ । प्रतियात्रु रु छ हजार तीन सय भाडादर कायम गरिएको छ ।

रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो । विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थल कूल रु ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान
राप्रपाद्वारा पार्टी पदाधिकारी बैठक आह्वान
मनाङमा पानी भयो बरफ, खोलामा बग्न छाड्यो पानी (हेर्नुहोस् ४ तस्बिरमा)
मनाङमा पानी भयो बरफ, खोलामा बग्न छाड्यो पानी (हेर्नुहोस् ४ तस्बिरमा)
पुरुष विनाकाे गाउँ, तर पनि गर्भवती हुन्छन् महिला!
पुरुष विनाकाे गाउँ, तर पनि गर्भवती हुन्छन् महिला!
अन्तर्राष्ट्रिय हवाई रूटमा भारत फेरि पछि हट्यो !
अन्तर्राष्ट्रिय हवाई रूटमा भारत फेरि पछि हट्यो !
पूर्वी चीनमा भवनमा आगलागी हुँदा छ जनाको मृत्यु, २८ घाइते
पूर्वी चीनमा भवनमा आगलागी हुँदा छ जनाको मृत्यु, २८ घाइते
उपत्यकाका नदीबाट १६ मेट्रिक टन फोहर निकालियो…
उपत्यकाका नदीबाट १६ मेट्रिक टन फोहर निकालियो…
निर्वाचन आयोगको सहमतिमा १२ सय ६० कर्मचारी सरुवा
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
प्रधानन्यायाधीश गोपाल पराजुली एसएलसी पास भएको खुल्यो (हेर्नुहोस् मार्कसिटसहित)
बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
बौद्धमार्गी देशका पर्यटकलाई नेपाल भ्रमणको निम्तो