मनाङमा पानी भयो बरफ, खोलामा बग्न छाड्यो पानी (हेर्नुहोस् ४ तस्बिरमा)

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
मनाङमा पानी भयो बरफ, खोलामा बग्न छाड्यो पानी (हेर्नुहोस् ४ तस्बिरमा)

सारांश

  • मनाङ, पुस २४ ।
  • देशभर नै चिसो बढेको बेला मनाङमा पानी जम्न थालेको छ ।
  • मनाङमा अहिले माइनस १६ डिग्रीसम्म तापक्रम घटेको छ ।

मनाङ, पुस २४ । देशभर नै चिसो बढेको बेला मनाङमा पानी जम्न थालेको छ । मनाङमा अहिले माइनस १६ डिग्रीसम्म तापक्रम घटेको छ । अत्याधिक चीसो बढेसँगै स्थानीयहरु घरमै बस्न थालेका छन् ।

रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ ।

मनाङमा सबै शिक्षण संस्था बन्द भएका छन् । शिक्षण संस्थाहरु फागुनदेखि सञ्चालनमा आउन सक्ने बताइएको छ । घरपालुवा जनावरको रेखदेख र बस्नैपर्ने अवस्था रहेका स्थानीय बाहेक सबैले मनाङबाट हिउँदै छुट्टीमा अन्य जिल्लामा काम गर्न जाने चलन पनि छ ।

खहरे खोला र छहराहरु समेत पुरै जमेको छ । धारोमा पानी झर्न छोडेको छ । पाइपमा रहेको पानी जमेपछि धारामा पानी आउन छोडेको हो ।

स्थानीयहरु चिसोले अत्याधिक पिडित भएका छन् । पाइपमा पानी जमेर बरफ हुँदा धारामा पानी नआएका कारण स्थानियहरुले बरफलाई पगालेर पानी पिउन वाध्य भएका छन् ।

जाडो छल्नका लागि यहाँका बासिन्दा काठमाडौं, पोखरा, चितवनलगायत भारतको बुद्धगया जाने गर्दछन् । गाउँघरको सबै कामकाज सकेर व्यापारिक प्रयोजनका लागि धुपी जुम्भु पाँचऔँलेलगायतका जडीबुटी लिएर जाने गर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?