रोजगारीका लागि पौने आठ लाख विदेशिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २, २०८०
|
|
३१ पटक हेरिएको
Shares
रोजगारीका लागि पौने आठ लाख विदेशिए

सारांश

  • काठमाडौं।
  • आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुगेको छ ।
  • यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए ।

वैदेशिक रोजगार विभागका निर्देशक गुुरुदत्त सुुवेदीले नेपालको आन्तरिक रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पछिल्लो दुुई वर्षदेखि बढेको बताए। उनले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रमस्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रमस्वीकृति लिनेको सङ्ख्या बढेको दाबी गरे।

वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षमा श्रमस्वीकृति सबैभन्दा बढी कात्तिकमा लिएको पाइएको छ । कात्तिकमा ७८ हजार ३७० जनाले श्रमस्वीकृति लिएका थिए भने सबैभन्दा कम वैशाखमा ५४ हजार ४५७ जनाले श्रमस्वीकृति लिए ।

गत भदौमा ७६ हजार ४०३ जनाले, असारमा ७१ हजार पाँच सयले, मङ्सिरमा ६८ हजार ५६४ जनाले, साउनमा ६५ हजार ४६२ जनाले, पुसमा ६४ हजार ४६४ जनाले र माघमा ६४ हजार २८४ जनाले वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर विदेशिएका छन् ।

त्यसै गरी गत फागुुनमा ६१ हजार ८४५ जनाले, चैतमा ६१ हजार ४७८ जनाले, जेठमा ५९ हजार ४२२ जनाले र असोजमा ५८ हजार १९२ जनाले श्रमस्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
यार्सा सङ्कलन गर्न बझाङवासी लेकतिर, विद्यालय बन्द ।
यार्सा सङ्कलन गर्न बझाङवासी लेकतिर, विद्यालय बन्द ।
‘सुरक्षित महानगरपालिका अभियान’ शुरु
‘सुरक्षित महानगरपालिका अभियान’ शुरु
संविधान सबैको भावना अनुरूप छः देउवा
जन्मदिनमा प्रतिभाशाली बालिका प्रज्नाको फर्कि आउ सार्वजनिक
जन्मदिनमा प्रतिभाशाली बालिका प्रज्नाको फर्कि आउ सार्वजनिक
रुकुम पश्चिममा करिब साढे १३ हजार लाभग्राहीले पाए पहिलो किस्ता
रुकुम पश्चिममा करिब साढे १३ हजार लाभग्राहीले पाए पहिलो किस्ता
डाक्टर गोविन्द केसीले भने, नेतालाई ‘माफिया, जनतामारा, विद्यार्थीमारा’ भनेपछि…
डाक्टर गोविन्द केसीले भने, नेतालाई ‘माफिया, जनतामारा, विद्यार्थीमारा’ भनेपछि…
काठमाडौंको नयाँबस्तीमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
काठमाडौंको नयाँबस्तीमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि इन्धनको मूल्य बढ्ने चिन्ता
साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि इन्धनको मूल्य बढ्ने चिन्ता
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई नियुक्त
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई नियुक्त

तपाईंले छुटाउनुभयो कि?