बजेट कसरी आउँदैछ, यसो भन्छन् अर्थमन्त्री डा. खतिवडा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
३१ पटक हेरिएको
Shares
बजेट कसरी आउँदैछ, यसो भन्छन् अर्थमन्त्री डा. खतिवडा

सारांश

  • काठमाडौं, ३१ बैशाख ।
  • अर्थमन्त्री डा।
  • युवराज खतिवडाले हामीले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुँदै आएको बताएका छन् ।

काठमाडौं, ३१ बैशाख । अर्थमन्त्री डा। युवराज खतिवडाले हामीले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुँदै आएको बताएका छन् ।प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६र७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने जानकारी दिए ।अर्थमन्त्री डा। खतिवडाले भने, ‘हामी बजेट अनुशासन र मापदण्डमा बस्नुपर्दछ, त्यसका लागि सबैको सहयोग आवश्यक छ, वित्तीय संघीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ, ठूला पूर्वाधार आयोजना कार्यान्वयन गर्ने सन्दर्भमा अन्तर प्रदेशबीचको सन्तुलन कायम गरिनेछ ।

’संविधानको प्रस्तावना र राज्यका निर्देशक सिद्धान्तले निदृष्ट गरेको लक्ष्य हासिल गर्ने विषयलाई आधार बनाएर बजेट बनाइने बताउँदै उनले क्षेत्रगत आधारमा भन्दा नीतिगत, कार्यगत र योजनागत आधारमा बजेट विनियोजन हुने स्पष्ट पारे ।राज्यका सिद्धान्त, मौलिक हक, प्रेस स्वतन्त्रता, मानवअधिकारसँग उठेको प्रश्न कानून निर्माणका क्रममा संसदमा आगामी दिनमा पर्याप्त छलफल हुने बताउँदै अर्थमन्त्री डा। खतिवडाले बनेका कानूनलाई कार्यान्वयन गर्नेमा सरकार प्रतिबद्ध रहेको बताए ।उनले भने, ‘क्षेत्रगत आधारभन्दा नेपालीको अनुहार जहाँ उज्यालो हुने देखिन्छ त्यो नै प्राथमिकता हो । अहिलेको बजेट क्षेत्रगत प्राथमिकतामा अल्झदैन ।’बजेट विनियोजन गर्दा जनसंख्या र भौगोलिक सन्तुलन दुवै महत्वपूर्ण छ, प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको मापदण्डलाई मुख्य आधार मानिने बताउँदै अर्थमन्त्री खतिवडाले भने, ‘सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै लगिनेछ, नीति तथा कार्यक्रम र बजेटमार्फत् वित्तीय संघीयता कार्यान्वयन हुने अवस्थामा पुगेको छ ।

’दिगो विकासले शान्ति र समानता बढाउने पक्षलाई बजेटले आत्मसात् गर्ने बताउँदै उनले भने, ‘गरीबी, बेरोजगारी र सुशासनका विषयलाई पनि बजेटले सम्बोधन गर्न प्रयत्न गर्नेछ ।’बजेटको आकार ठूलो भए पनि निजी क्षेत्रले सहयोग गरेन भने कार्यान्वयन गर्न निकै चुनौती हुने कुरालाई मनन गरी निजी क्षेत्रलाई उत्साहित गर्ने पाटोलाई पनि बजेटले ध्यान पु¥याउने उनले बताए ।बैठकमा सभामुख कृष्णबहादुर महराले सांसदले विधेयकका बारेमा उठाएका विषय र सुझावलाई एकीकृत गरी सम्बोधनका लागि अर्थ मन्त्रालयमा पठाइने जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ ६ गते सोमबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकिकरण टुंग्याउन नेकपामा कार्यदल गठन
एकिकरण टुंग्याउन नेकपामा कार्यदल गठन
माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी
माओवादी केन्द्रको आठौं राष्ट्रिय सम्मेलन सुरु, प्रधानमन्त्री देउवा सहभागी
सार्वजनिक सवारीमा सिन्डिकेटवालाको ‘काउन्ट-डाउन’ सुरु
सार्वजनिक सवारीमा सिन्डिकेटवालाको ‘काउन्ट-डाउन’ सुरु
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
पर्यटनमन्त्री किराँतीले भने : पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ
मौरीपालनमा सफल रामकुमारी
मौरीपालनमा सफल रामकुमारी
जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन स् गृहमन्त्री
जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन स् गृहमन्त्री
सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइँदै
सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइँदै
भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांक सार्वजनिक, नेपालको झिनो सुधार
भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांक सार्वजनिक, नेपालको झिनो सुधार
महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा
महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा
चाइना साउदर्न एयरलाइन्सको भैरहवा र पोखरामा उडान भर्न चासो
चाइना साउदर्न एयरलाइन्सको भैरहवा र पोखरामा उडान भर्न चासो

तपाईंले छुटाउनुभयो कि?