भारी हिमपातले हवाई सेवा बन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
भारी हिमपातले हवाई सेवा बन्द

सारांश

  • हुम्ला, २५ माघ , आठ दिनपछि खुलेको विमानस्थल भारी हिमपातले दुई दिनदेखि पुनः बन्द भएको छ ।
  • जिल्लाको एक मात्र यातायातको साधन हवाईजहाज विहीबारदेखि उडान बन्द भएको छ ।
  • जिल्ला बाहिर जाने एक मात्र हवाईसाधन निरन्तरको हिमपातले बन्द भएको छ ।

हुम्ला, २५ माघ , आठ दिनपछि खुलेको विमानस्थल भारी हिमपातले दुई दिनदेखि पुनः बन्द भएको छ । जिल्लाको एक मात्र यातायातको साधन हवाईजहाज विहीबारदेखि उडान बन्द भएको छ ।

जिल्ला बाहिर जाने एक मात्र हवाईसाधन निरन्तरको हिमपातले बन्द भएको छ । जिल्लामा हिउँ पाँच फिटसम्म जमेका कारण विमानस्थल सञ्चालनमा आउन अझै एकहप्ता लाग्ने विमानस्थल स्रोतले बताएको छ । बुधबारदेखि हिमपात हँुदा यहाँको दैनिकी निकै समस्यामा परेको छ । विहीबार रातिदेखि हिमपात र हुरीले हुम्लाका नागरिकलाई एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न कठिनाइ भएको छ ।

हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा पाँच फिट हिउँ जम्नुका साथै चिसो बढेको र हुरी चलिरहेको प्रमुख जिल्ला अधिकारी मात्रप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

हिमपातले बालबालिका, वृद्धवृद्धालाई शौचालयसम्म जान समस्या भएको विनिता महताराले बताउनुभयो । हिमपातले एक गाउँबाट अर्को गाउँमा समेत जान समस्या भएको छ ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिका सिमकोटमा बढी हिमपात भएको छ । हिमपातले त्यस क्षेत्रका स्थानीयवासीलाई घर निस्कनसमेत समस्या बनाएको छ । साथै घरपालुवा गाईवस्तुलाई पनि भारी हिमपातले समस्या निम्त्याएको छ । उत्तरी नाम्खा गाउँपालकाका नागरिक सिमकोटसँग सम्पर्क सञ्चारमा सम्पर्कविहीन छन् ।

एसइई ट्युसन र विद्युत् बन्द

चैतमा हुने एसइईको तयारी कक्षा लिँदै आएका विद्यार्थीको ट्युसनसमेत बन्द भएको छ । भारी हिमपातले विद्यार्थीलाई ट्यिुसन कक्षा जानसमेत समस्या भएकाले तयारी कक्षा प्रभावित भएको मानसरोवर माविका प्रधानध्यापक अमरबहादुर शाहीले जानकारी दिनुभयो ।

हिल्दुम साना जलविद्युत् केन्द्रले हुरी र हिमपातका कारण आफ्नो विद्युत् प्रशारण लाइनलाई बन्द गरेको छ । विद्युत् प्राधिकरणका प्रशासन प्रमुख यमप्रकाश खड्काले हिमपातले र हुरीले कतै पोल ढल्नुका साथै तार चुँडिएकाले विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताउनुभयो ।

विद्युत् बन्द हँुदा सिमकोटमा रहेको सामुदायिक रेडियोसमेत बन्द हुनुका साथै विद्युत्मार्फत सञ्चालन हुने विद्युतीय कामसमेत बन्द हुनपुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन काण्डमा मुछिएपछि प्रहरीलाई मिसनबाट फिर्ता बोलाइयो
सुन काण्डमा मुछिएपछि प्रहरीलाई मिसनबाट फिर्ता बोलाइयो
संगै सुतेकी साथीले ‘सेटिङ’ मिलाउदा छाउगोठमा सुतेकी किशोरीमाथि बलात्कार
संगै सुतेकी साथीले ‘सेटिङ’ मिलाउदा छाउगोठमा सुतेकी किशोरीमाथि बलात्कार
जनताले सरकार छोड्न भनिसकेपछि देउवाले गरेका निर्णयले राज्यलाई घाटैघाटा : अपार
जनताले सरकार छोड्न भनिसकेपछि देउवाले गरेका निर्णयले राज्यलाई घाटैघाटा : अपार
तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार
तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार
एप्पलका सामाग्रीमा कमजोरी पत्ता लगाउनेलाई १० करोड रुपैयाँ पुरस्कार!
एप्पलका सामाग्रीमा कमजोरी पत्ता लगाउनेलाई १० करोड रुपैयाँ पुरस्कार!
Real Money Gambling in the Comfort of Your Own Home
लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित
लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित
‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई
‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई
चक्रपथको बाँकी खण्ड निर्माणमा चीन सरकार उत्सुक
चक्रपथको बाँकी खण्ड निर्माणमा चीन सरकार उत्सुक
‘टेष्ट राइड’ गर्छु भनेर बाइक नै चोरेर भाग्नेसँग सावधान
‘टेष्ट राइड’ गर्छु भनेर बाइक नै चोरेर भाग्नेसँग सावधान

तपाईंले छुटाउनुभयो कि?