रोजगारी र व्यापारमा असर परेको भन्दै नाफ्टाबाटै अलग हुने चेतावनीः अमेरिका

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
रोजगारी र व्यापारमा असर परेको भन्दै नाफ्टाबाटै अलग हुने चेतावनीः अमेरिका

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाफ्टाले अमेरिकी रोजगारी र व्यापारमा असर परेको भन्दै नाफ्टाबाटै अलग हुने चेतावनी दिनुभएको थियो ।
  • युक्तराज्य अमेरिका, मेक्सिको र क्यानाडाका नेताहरुले उत्तर अमेरिकी व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापन गर्दै नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
  • युएसएमसीए नाम दिइएको नयाँ सम्झौतामा अमेरिकाका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प, मेक्सिकोका तर्फबाट राष्ट्रपति एनरिक पेना निटो र क्यानाडाका तर्फबाट प्रधानमन्त्री जस्टिन टु«डोले हस्ताक्षर गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाफ्टाले अमेरिकी रोजगारी र व्यापारमा असर परेको भन्दै नाफ्टाबाटै अलग हुने चेतावनी दिनुभएको थियो ।युक्तराज्य अमेरिका, मेक्सिको र क्यानाडाका नेताहरुले उत्तर अमेरिकी व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापन गर्दै नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

युएसएमसीए नाम दिइएको नयाँ सम्झौतामा अमेरिकाका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प, मेक्सिकोका तर्फबाट राष्ट्रपति एनरिक पेना निटो र क्यानाडाका तर्फबाट प्रधानमन्त्री जस्टिन टु«डोले हस्ताक्षर गर्नुभएको थियो । तीनैजना नेताहरु हाल औद्योगिक राष्ट्रहरुको समूह जी–२० को बैठकका लागि अर्जे्न्टिनाको राजधानी ब्युनस आयर्समा भेला हुनुभएको छ ।

सम्झौतामा हस्ताक्षर गरेपछि आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले पछिल्लो सम्झौता नमुनाका रुपमा रहेको र यसले आगामी दिनमा व्यापारको परिदृश्यमै परिवर्तन ल्याउने बताउनुभयो ।

ट्रम्पले नयाँ सम्झौताका क्रममा नेताहरुबीच आरोप प्रत्यारोप भएपनि राम्रो नतिजा आएकामा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले यस सम्झौताबाट अमेरिकी कामदारलाई फाइदा पुग्ने र बौद्धिक सम्पत्तिको संरक्षणमा ठोस योगदान हुने विश्वास व्यक्त गर्नुभयो । सम्झौताले मुख्यगरी सवारी साधनका क्षेत्रमा कार्यरत मजदूर एवं कामदारको रोजगारी सुरक्षामा मद्दत पुग्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुरु अशोक राईलाई भारि मतले हराए जयकुमारले
गुरु अशोक राईलाई भारि मतले हराए जयकुमारले
मेलम्ची खानेपानी आयोजनाको सुरुङ शुरु पुनः परीक्षण गरिने
मेलम्ची खानेपानी आयोजनाको सुरुङ शुरु पुनः परीक्षण गरिने
सरकारी छाप र पुस्तकमै छैन कालापानी सहितको नेपालको नक्सा
सरकारी छाप र पुस्तकमै छैन कालापानी सहितको नेपालको नक्सा
नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी
परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता
पर्यटन दिवसको अवसरमा टानको आठ तालको प्रवद्र्धनमुलक कार्यक्रम
पर्यटन दिवसको अवसरमा टानको आठ तालको प्रवद्र्धनमुलक कार्यक्रम
राम जि ले अमृता लाइ माया गर्न थाले पछि के भयो त हेर्नुस् भिडियो (भिडियो सहित
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
ईलाम पब्लिक हल निर बम बिस्फाेटन
ईलाम पब्लिक हल निर बम बिस्फाेटन
सरकारी कार्यालयमा व्यापक आर्थिक अपारदर्शिता

तपाईंले छुटाउनुभयो कि?