रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
३४ पटक हेरिएको
Shares
रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो

सारांश

  • काठमाडौं, माघ २१ ।
  • संसदको कार्यकाल सकिएको चार महिना पुग्न लाग्दा समेत कतिपय पूर्वसांसदले फिर्ता नगरेको कूटनीतिक राहदानी प्रयोग गर्न नमिल्ने बनाईएको अधिकारीहरुले बताएका छन् ।
  • संसदको कार्यकाल सकिएको एक साताभित्रै रातो पासपोर्ट भनिने कूटनीतिक राहदानी लगायत अन्य सर–सामान फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

काठमाडौं, माघ २१ । संसदको कार्यकाल सकिएको चार महिना पुग्न लाग्दा समेत कतिपय पूर्वसांसदले फिर्ता नगरेको कूटनीतिक राहदानी प्रयोग गर्न नमिल्ने बनाईएको अधिकारीहरुले बताएका छन् ।

संसदको कार्यकाल सकिएको एक साताभित्रै रातो पासपोर्ट भनिने कूटनीतिक राहदानी लगायत अन्य सर–सामान फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर पटकपटक ताकेता गरेपनि पूर्वसांसदले प्रयोग गरेका करिब पाँचसय राहदानीमध्ये झण्डै एक सयवटा फिर्ता नपाएको संसद् सचिवालयले जनाएको छ ।

त्यसैले दुरुपयोग हुनसक्ने चिन्ताबीच फिर्ता नभएका राहदानी प्रयोग गर्न नमिल्ने बनाईएको संघीय संसदका प्रवक्ता भरतराज गौतमले बताए ।

उनले भने, ‘जुन प्रयोजनका लागि त्यो कूटनीतिक राहदानी जारी गरिएको हो त्यो फिर्ता गर्नै पर्छ । कतिपय नीति अनुसार नै रद्द भैसकेको छ । त्यो पदमा नरहेपछि स्वतस् हाम्रो अध्यागमन प्रणालीवाटै प्रयोग गर्न नसकिने गरी व्यवस्थापन गरिएको छ ।’

अध्यागमन विभागका अनुसार पदमा नरहेका व्यक्तिले कूटनीतिक राहदानीकै भरमा विदेश गएमा कानुनी दायरामा ल्याउन सकिने व्यवस्था रहेको अध्यागमन विभागको भनाई छ ।

तर कूटनीतिक राहदानीमा लामो समयका लागि लागिसकेको प्रवेशाज्ञा अर्को साधारण राहदानीमा सार्न सकिने अध्यागमन विभागका महानिर्देशक दिपक काफ्लेले बताए ।

उनले भने, ‘उहाँहरुले फिर्ता नगरेपनि त्यसको प्रयोग हुने अवस्था छैन । केही प्राविधिक समस्या छन् । केही व्यक्तित्वहरुको लामो समयसम्मको भीसा लागेको छ । रातो पासपोर्टको प्रयोग नगरेर उहाँहरुसँग भएको प्रयोगमा आउने पासपोर्टमा उक्त भीसा सार्न दूतावास मार्फत पहल गर्ने हामीले व्यवस्था मिलाएका छौं ।’

कूटनीतिक राहदानी फिर्ता नगर्नेमा प्रमुख दलका कैयौं प्रमुख नेता समेत रहेको बताइएको छ ।

हालसम्म अध्यागमन विभागले कार्यकाल सकिएपछि पनि कूटनीतिक राहदानी प्रयोग गरेर विदेश जान खोज्ने विरुद्ध विमानस्थल लगायतका सीमा नाकामा कडाई पूर्वक निगरानी गरिएको बताएको छ ।

विभागले हालै कार्यकाल सकिएका एकजना पुरुष र एकजना महिला सांसदलाई विदेश उड्नै लाग्दा राहदानी फिर्ता लिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डक जलविद्युत् केन्द्रमा उत्पादन शुरु
गण्डक जलविद्युत् केन्द्रमा उत्पादन शुरु
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
भूमिगत पार्टीको यस्तो छ खुला राजनीतिक प्रस्ताव : “आफ्नै उम्मेदवारको यति धेरै विरोध भएको इतिहास छैन”
प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध किन दायर गर्यो रिट ?
प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध किन दायर गर्यो रिट ?
पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण कांग्रेसले नगर्ने
पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण कांग्रेसले नगर्ने
नेपाल-भारत विकासका लागि मोदीको ‘फाइभ टी’
नेपाल-भारत विकासका लागि मोदीको ‘फाइभ टी’
आमाको हत्या अभियोगमा छोराबुहारी पक्राउ
आमाको हत्या अभियोगमा छोराबुहारी पक्राउ
एमालेले देखायो जादु कसैले गर्न नसकेको जित ,गाउँपालिका भरीबाटै सबै पार्टी पत्तासाफ
एमालेले देखायो जादु कसैले गर्न नसकेको जित ,गाउँपालिका भरीबाटै सबै पार्टी पत्तासाफ
माधव नेपाललाई विश्वासमा लिँदै प्रधानमन्त्री ओली
माधव नेपाललाई विश्वासमा लिँदै प्रधानमन्त्री ओली
भैरहवामा छोरालाई सम्झिएर भावुक बने प्रचण्ड, सम्झदै के भने ?
भैरहवामा छोरालाई सम्झिएर भावुक बने प्रचण्ड, सम्झदै के भने ?
Checkout some inside pictures from Akash Ambani and Shloka Mehta’s pre-engagement Mehendi ceremony!
Checkout some inside pictures from Akash Ambani and Shloka Mehta’s pre-engagement Mehendi ceremony!