रोबर्ट सोफिया र केपी अाेलीबिच यस्ताे भयाे कुराकानि

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
रोबर्ट सोफिया र केपी अाेलीबिच यस्ताे  भयाे कुराकानि

सारांश

  • काठमाडौँ,९ वैशाख ।
  • सुन्दरी नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को रिलिज मिति नजिकिएसँगै उनलाई भ्याईनभ्याई छ ।
  • वैशाख १४ गतेबाट रिलिज हुने तयारमिा रहेको लागि केकी र उनको टिमले नयाँ नयाँ प्रचार शैली अपनाइरहेको छ ।

काठमाडौँ,९ वैशाख । सुन्दरी नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को रिलिज मिति नजिकिएसँगै उनलाई भ्याईनभ्याई छ । वैशाख १४ गतेबाट रिलिज हुने तयारमिा रहेको लागि केकी र उनको टिमले नयाँ नयाँ प्रचार शैली अपनाइरहेको छ ।

केकीले आफ्नो फिल्मको प्रचारका लागी चलेको भन्दा भिन्न शैलीलाई पनि प्रयोगमा ल्याएकी छिन् । अर्डर आएका घर–घरमा पिज्जा पु¥याउने जाने उपायलाई पनि नौलो मानिएको छ । उनीहरुले फुडमान्डुसँग मिलेर यो शैली अपनाएका हुन् । फिल्म प्रचारका लागि अहिले सामाजिक संजालको पनि भरपुर प्रयोग गरिएको छ । सामाजिक संजालमा कमेडीले भरिएका संवादहरुको शैली रोचक छ।

केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली र विश्वकै पहिलो नागरिकताधारी रोबर्ट सोफियाविचको संवाद भाइरल भैरहेको छ । यो संवादमा केपी र सोफियाले ‘कोहलपुर एक्सप्रेस’ हेर्न जाने कुरा गरेका छन् । जुन कुराले अहिले सामाजिक संजालमा भाइरल रुप धारण गरेको छ । यसैबिच आफ्नो फिल्मले राम्रो प्रतिक्रिया पाउने नायिका केकी ढुक्क छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?