विप्लव नेकपाले किन सुरु गर्यो आफ्नै कार्यकर्तामाथि कारवाही ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
२१ पटक हेरिएको
Shares
विप्लव नेकपाले किन सुरु गर्यो आफ्नै कार्यकर्तामाथि कारवाही ?

सारांश

  • विप्लव नेतृत्वको नेकपाले प्रहरीलाई सूचना दिएर पार्टीप्रति गद्दारी गर्ने कार्यकर्तालाई आन्तरिक कारबाही गर्ने भएको छ ।
  • विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको २१ जना नेता पक्राउ गराएको आरोपमा उक्त पार्टीले चार जना आफ्नै कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
  • पक्राउ परेकाहरुले आफ्नो कसुर स्वीकार गरिसकेको पार्टीका एक नेताले जनाए ।

विप्लव नेतृत्वको नेकपाले प्रहरीलाई सूचना दिएर पार्टीप्रति गद्दारी गर्ने कार्यकर्तालाई आन्तरिक कारबाही गर्ने भएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको २१ जना नेता पक्राउ गराएको आरोपमा उक्त पार्टीले चार जना आफ्नै कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुले आफ्नो कसुर स्वीकार गरिसकेको पार्टीका एक नेताले जनाए ।

दाङको राजापुरमा भएको पार्टी बैठकका लागि सुरक्षामा खटिएका केही कार्यकर्ताले नै प्रहरीका लागि सुराकीको काम गरेको पाइएको थियो । उनीहरुलाई कस्तो कारबाही गर्ने भन्ने पार्टीको निणर्यबाट तय हुने पनि स्रोतले जनाएकोे छ ।

स्रोतका अनुसार सुरक्षामा खटिएका केहि कार्यकर्ताले नै प्रहरीलाई नेताहरु सुतिरहेको ठाँउसम्म पु¥याउन सहयोग गरेका थिए । यस्तै, पार्टीले यौनकाण्डमा मुछिएका एकजना नेतालाई गरेको छ ।

पार्टीको हालै सम्पन्न आठौ पूर्ण बैठकपछि जारी सर्कुलरमा भनियको छ ‘सास्कृतिक कमजोरी गरेका राकेशलाई ३ महिना निलम्बन गरिएको हो । तर, राकेशको वास्तविक नाम के हो केहि खुलाइएको छैन ।

पार्टीले हिरासतमा रहदा आत्मसमर्पण गर्ने पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रकृति अनुसार न्यूनतम ६ महिनासम्म निलम्बन गर्ने विप्लव समूहले निणर्य गरेकोे हो । आजको जनधारणा साप्ताहिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?