फिडरको रंगले गर्छ कुखुराको व्यवहारमा परिवर्तन…

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २९, २०७३
|
|
२७२ पटक हेरिएको
Shares
फिडरको रंगले गर्छ कुखुराको व्यवहारमा परिवर्तन…

सारांश

  • मंसीर २९, चितवन ।
  • कुखुरा फार्ममा प्रयोग हुने दाना खुवाउने भाँडो (फिडर) विभिन्न रंगले कुखुराले दाना खाने व्यवहारमा परिवर्तन हुन्छ भन्ने कुरा एक अध्ययनले देखाएको छ ।
  • यस अध्ययनको उद्येश्य कतै फिडरको रंगमा पनि ब्रोईलर कुखुराको रुची हुन्छ कि जसले उनीहरुले खाने दानाको मात्रामा फरक पार्छ वा फिडरको रंग अनुसार कुखुराले वजन र दिने आम्दानी पनि भर पर्छ कि भन्ने विषयमा खोजिगर्नु हो ।

मंसीर २९, चितवन । कुखुरा फार्ममा प्रयोग हुने दाना खुवाउने भाँडो (फिडर) विभिन्न रंगले कुखुराले दाना खाने व्यवहारमा परिवर्तन हुन्छ भन्ने कुरा एक अध्ययनले देखाएको छ । यस अध्ययनको उद्येश्य कतै फिडरको रंगमा पनि ब्रोईलर कुखुराको रुची हुन्छ कि जसले उनीहरुले खाने दानाको मात्रामा फरक पार्छ वा फिडरको रंग अनुसार कुखुराले वजन र दिने आम्दानी पनि भर पर्छ कि भन्ने विषयमा खोजिगर्नु हो । यो अध्ययन अर्कान्सस् रिसर्च पोल्ट्री फार्म विश्व विद्यालयमा गरिएको हो । पहिलो परीक्षणमा १८०० बटा भाले कव ५०० (जुन पोथी माउका सह–उत्पादन हुन् ) चल्लालाई एकै घरका २४ वटा खोरमा हचुवाका आधारमा (र्यान्डमली) छनौट गरी राखियो । दाना र पानी उपलव्ध गराई प्रति कुखुरा एक वर्ग फिट, प्रति फिडर २५ वटा कुखुरा, प्रति ५० वटाका लागि एक पानी आपूर्ति प्रणाली (वाटरलाईन), आधुनीक एलईडी लाईट लगायत उद्योगको मापदण्ड पुरा हुने गरी सुविधाका साथ ती चल्ला राखिएका थिए ।

अध्ययनको क्रममा दुईवटा खोरहरु तयार गरिए जसमध्ये पहिलो १० ×१० फीटका खोर थियो । उक्त खोरमा ४ वटा फिडर थिए जुन रातो, हरियो, निलो तथा पहेंलो रंगका थिए । केही मिश्रीत रंगका थिए । ती खोरमा दुईवटा पानी आपूर्ति प्रणाली र १०० वटा कुखुरा अटाउने क्षमता थियो । त्यसैगरी दोस्रो खोर १०×५ फिट क्षेत्रफल, दुईवटा फिडर, एउटा पानी आपूर्ति प्रणाली र ५० वटा कुखुरा अटाउने क्षमता थियो । यसरी राखिएका कुखुराहरुको तौल तिनीहरु खोरमा राख्ने वेला देखि हरेक साता गणना गरिन्थ्यो र यो क्रम ६ साता सम्म चल्थ्यो । हरेक फिडरमा दानाको उपभोग प्रत्येक ७२ घण्टा, प्रत्येक ४ घण्टा, तीन देखि सात दिन, हरेक १२ घण्टा, सात देखि १४ दिन, दैनिक रुपमा, ३ देखि ६ साताको अन्तरालमा मापन गरिन्थ्यो ।

फिडर रोजाई:

अध्ययनको क्रममा विभिन्न मिश्रीत रंगका फिडरबीच तिनीहरुमा राखिएको दाना उपभोग तथा साप्ताहिक रुपमा कुखुरा बढ्ने क्रममा ठूलो भिन्नता फेला परेको थियो । पहिलो ५ दिनमा कुखुराले छुट्टाछुट्टै रंग मन पराएको पाईयो जुन क्रम तेस्रो साता देखि कुखुरा हुर्कने पुरै समय सम्म देखियो । तर कुखुराको मर्ने दर, दाना परिवर्तन गर्ने तथा कुखुराको तौलमा खासै ठूलो भिन्नता पाईएन ।

दोस्रो परीक्षणको लागि १८०० पोथी चल्ला प्रयोग गरिएका थिए । तर अन्य विशेषताहरु भने उही थिए । पहिलो परीक्षणमा जस्तै दोस्रोमा पनि निचोड एउटै आयो ।

यि परीक्षणबाट हामी निर्णय लिन सक्छौ कि ब्रोईलरले रातो रंगको फिडरमा खान मनपराउने गरे पनि ५ दिन सम्मकाले भने हरियो मनपराउने गरेको पाईयो । हामी यो कुरा पनि भन्न सक्छौं कि यदि फिडर रोज्न अवसर नदिएमा कुखुराको वजनमा कुनै असर प्रदैन् ।

सुर्य प्रसाद अधिकारी
शिखरन्युज सम्पादाता
नारायणगढ, चितवन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं,  मिनेन्द्र रिजाल;
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं, मिनेन्द्र रिजाल;
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी
संघीयताकाे असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
संघीयताकाे असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
आर्सनलबाट राम्सेले लिए बिदा
आर्सनलबाट राम्सेले लिए बिदा
मन्त्री चुमानद्वारा प्रदेश निर्वाचन क्षेत्रको बजेट बाँडफाँट
मन्त्री चुमानद्वारा प्रदेश निर्वाचन क्षेत्रको बजेट बाँडफाँट
सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा
सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा
को बन्ला नेपाल आइडल ३ को विजेता ?
को बन्ला नेपाल आइडल ३ को विजेता ?
नेता पाण्डे भन्छन् : गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ
नेता पाण्डे भन्छन् : गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ
नक्क्ली कागजपत्र पेश गरेर गिनिजबुकमा नाम लेखाउने यी हुन् अराेही शेर्पा
नक्क्ली कागजपत्र पेश गरेर गिनिजबुकमा नाम लेखाउने यी हुन् अराेही शेर्पा
स्वेताले बानाइन् बिहेको सोच !
स्वेताले बानाइन् बिहेको सोच !