हुम्लामा गाँउनै सम्पर्क विहिन, ३ वटा बस्तीका स्थानीयले गाँउ छाेडे!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
३० पटक हेरिएको
Shares
हुम्लामा गाँउनै सम्पर्क विहिन, ३ वटा बस्तीका स्थानीयले गाँउ छाेडे!

सारांश

  • काठमाडाै, २७ मंसिर।
  •   हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ ।
  • हिमपात भएसँगै  जनजीवन प्रभावित बन्दै गएको छ ।

काठमाडाै, २७ मंसिर।  हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । हिमपात भएसँगै  जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातका कारण हवाई सेवा समेत अवरुद्ध भएको छ ।  गएरातीबाट हिमपात सुरु भएको हो । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाका बस्तीहरु सम्पर्क विहिन बनेका छन् ।

उत्तरी नाम्खा गाउँपालिकाका लिमी, हल्जी, जाँङ, तिला, चाला, यारी मुचु, केर्मी याल्वाङ, च्यादुक, याङगार, खगाँलगाँउ, हेप्का, टाङगिन लगायतका बस्तीहरु जिल्ला सदरमुकाम सिमकोटबाट सम्पर्क विहीन बनेका हुन् । यो वर्ष कार्तिक महिनादेखि नै हिमपात भएकाले अत्याधिक चिसो बढेको छ । चिसोले जिल्लाका सरकारी तथा गैहसरकारी कार्यालय, निजी व्यवसाय गर्दै आएका होटेलहरु पनि प्रभावित बनेका छन् । यसैगरी बालबालिका, अशक्त, बृद्धबृद्धा बढी प्रभावित भएका छन् । विद्यालयको वार्षिक परिक्षा दिने विद्याथीहरु समेत हिमपातबाट प्रभावित भएका छन् ।

चिनको सीमासँग जोडिएको हिमालपारी लिमीको तिल, हल्जी, जाङ्ग गरी ३ वटा बस्तीका स्थानीय चिसो बढेसँगै बालबालिका सहित गाउँ छाडेका छन् । उनीहरु आगामी वैशाख महिनामा मात्रै घर फर्कने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?