उम्मेदवारको मत रोबोटले माग्दै
सारांश
- कास्की, ६ मंसिर उम्मेदवारहरूले दलबलसहित हुल बाँधी चर्को स्वरमा माइक बजाएर मत मागिरहेका वेला पोखरामा एक उम्मेदवारले नौलो तरिका अपनाएर मत मागिरहेका छन् ।
- कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’ का कांग्रेस उम्मेदवार गुरुप्रसाद बरालले नौलो तरिका अपनाएका हुन ।
- रोबोटको छातीमा कांग्रेसको झन्डा छ ।
कास्की, ६ मंसिर
उम्मेदवारहरूले दलबलसहित हुल बाँधी चर्को स्वरमा माइक बजाएर मत मागिरहेका वेला पोखरामा एक उम्मेदवारले नौलो तरिका अपनाएर मत मागिरहेका छन् । कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’ का कांग्रेस उम्मेदवार गुरुप्रसाद बरालले नौलो तरिका अपनाएका हुन ।
रोबोटको छातीमा कांग्रेसको झन्डा छ । त्यो मानिसहरू भएका ठाउँमा गएर पहिला ‘जय नेपाल’ भन्छ । अनि ‘गुरु बरालका लागि रूखमा भोट हालेर जिताऊँ है,’ भन्दै मत माग्छ । बरालको चुनावी प्रचार टोलीसँगै हिँड्ने रोबोटको क्रियाकलापले मान्छेलाई आकर्षित गरिरहेको छ । रोबोटका गतिविधिलाई चासोपूर्वक हेर्नुका साथै सोधखोज गर्ने गरेको बरालले बताए ।
विकसित प्रविधिसँग समाजलाई जोड्ने उद्देश्यसहित आफूले रोबोट प्रयोग गरेको उम्मेदवार बरालले बताए । विकास र संमृद्धिको बाटोमा आफ्नो निर्वाचन क्षेत्रलाई अगाडि बढाउने उद्देश्यले सांकेतिक रूपमा रोबोटको प्रयोग गरेको उनको भनाइ छ ।
प्रतिक्रिया