जाँदाजाँदै किन यस्तो गरे गगन थापाले ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
जाँदाजाँदै किन यस्तो गरे गगन थापाले ?

सारांश

  • काठमाडौं ।
  • गगन थापा स्वास्थ्य मन्त्री छँदा मन्त्रालयमा ठूलो रकम घोटला गरिएको तथ्य अहिले आएर पत्ता लागेको छ ।
  • एक शीर्षकको बजेट अर्कोमा रकमान्तर गर्ने नाममा दुर्गमका जनताका लागि औषधि किन्न भनेर छुट्याइएको बजेटलाई मन्त्रालयका कर्मचारीले इन्धन तथा खाद्यान्न किन्न प्रयोग गरेको खुलेको हो ।

काठमाडौं । गगन थापा स्वास्थ्य मन्त्री छँदा मन्त्रालयमा ठूलो रकम घोटला गरिएको तथ्य अहिले आएर पत्ता लागेको छ । एक शीर्षकको बजेट अर्कोमा रकमान्तर गर्ने नाममा दुर्गमका जनताका लागि औषधि किन्न भनेर छुट्याइएको बजेटलाई मन्त्रालयका कर्मचारीले इन्धन तथा खाद्यान्न किन्न प्रयोग गरेको खुलेको हो ।

युनाइटेड पोष्टमा खबर छ । थापा मन्त्री छँदा बाहिर निकै लोकप्रिय कार्यक्रम घोषणा गर्ने र भित्रभित्रै त्यस्ता कार्यक्रमसँग जोडिएका व्यक्ति र संस्थाहरुसँग आर्थिक लाभका लागि बागेनिङ गर्ने गरिएको समेत खुलेको छ । चालू आर्थिक वर्षको बजेटमा स्वास्थ्य मन्त्रालयलाई औषधि खरिद गर्न भनेर विनियोजन गरिएको १ करोड ७५ हजार रुपैयाँ बजेटलाई इन्धन तथा कर्मचारीको खाद्यान्न खरिद गर्न रकमान्तर गरिएको थियो ।

दुई छुट्टाटुट्टै शीर्षकमा राखेर उक्त रकमान्तर गरिएको हो । औषधि खरिदको लागि भनेर विनियोजन गरिएको १ करोड रुपैयाँ कर्मचारीका लागि खाद्यान्न खरिद गर्न भनेर रकमान्तर गरिएको छ । त्यसैगरी, औषधि खरिदकै शीर्षकमा रहेको ७५ हजार रुपैयाँ इन्धन खरिद गर्न रकमान्तर गरिएको छ । आर्थिक वर्ष सकिनै लाग्दा रकमान्तरको नाममा चलखेल गरिएको हो ।

गाउँमा सिटामोलसमेत नपाएर जनता छट्पटिनु परिरहेको अवस्थामा सिंहदरबारमा भने औषधि किन्न भनेर छुट्याइएको रकमसमेत खर्च नभएको भन्दै खाद्यान्न र इन्धनको नाममा खर्च गरेर मन्त्री थापाले गाइजात्रा देखाएका हुन् ।

वर्षदिनसम्म जनताको औषधिको लागि खर्च गर्नुपर्ने औषधि नकिन्ने तर रकम फ्रिज हुनै लाग्दा खर्च भएन भनेर आफ्नो लागि खर्च गर्नु जनताप्रतिको अन्याय भएको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु बताउँछन् । यसअघि सबै सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने भन्दै मन्त्रालयबाट शुरुवाती रकमसमेत उपलब्ध गराएर थापाले सबैको सहानुभूति बटुलेका थिए ।

तर, सरकारी फार्मेसीमा हुने अनियमितता र भ्रष्ट्राचार नियन्त्रण गर्न भन्दै एउटा सामाजिक संस्थाले स्वास्थ्य मन्त्रालयलाई अस्पताल व्यवस्थापन सफ्टवेयर निःशुल्क उपलब्ध गराउने प्रस्ताव राख्दा चाहिँ ‘यसबाट हामीलाई के (आर्थिक) फाइदा हुन्छ ?’ भन्दै निःशुल्क लिन अस्वीकार गरेका थिए ।

अर्कै सफ्टवेयर उत्पादक कम्पनीसँग तीन करोड रुपैयाँमा किन्न लागिएको सफ्टवेयर यसरी निःशुल्क उपलब्ध गराउंँछु भन्ने संस्थाका पदाधिकारीलाई मन्त्री र उनका सहयोगीहरुले वेवास्ता गर्दै पछि हटेका थिए ।

यसरी निःशुल्क पाएको सफ्टवेयर किनेर सरकारी रकम खर्च गराउने र कमिसन गोजीमा हाल्ने विधि र नीतिलाई स्वास्थ्य मन्त्रालयमा स्थापित गराएर गगन थापा निस्किएपछि त्यहाँ अनियमितता संस्थागत बनेको बताइन्छ । एक वर्षको अवधिमा स्वास्थ्य मन्त्रालयमा औषध खरिद, उपकरण खरिद तथा मर्मत सम्भारबाट मात्रै हस्पीटेक इन्टरप्राइजेजले दुई अर्वको कारोबार गरेको छ ।

हस्पीटेकका सञ्चालक विशाल पण्डितबाट पनि मन्त्री थापाले २० करोड कमिसन हात पारेको मन्त्रालयका अधिकारीहरु नै बताउँछन् । पण्डितलाई पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्यका धमिरा र माफिया भन्दै मन्त्रालय प्रवेशमा रोक लगाएका थिए ।  अाजकाे यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिटी सफारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या
सिटी सफारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या
काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दै
काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दै
नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा
नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था
जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न सरकारको स्वीकृति
जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न सरकारको स्वीकृति
जनआन्दोलनका घाइते भिख माग्दै हिँड्न बाध्य
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’
‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’
प्रधानमन्त्री ओली क्रुद्धः ३ जना नेताको पद धरापमा
प्रधानमन्त्री ओली क्रुद्धः ३ जना नेताको पद धरापमा
बालुवाटारमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु
बालुवाटारमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु

तपाईंले छुटाउनुभयो कि?