प्रदेश १ को स्थायी राजधानी र नाम तोक्ला र बर्षे अधिबेशनले ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
३६ पटक हेरिएको
Shares
प्रदेश १ को स्थायी राजधानी र नाम तोक्ला र बर्षे अधिबेशनले ?

सारांश

  • अस्बिन खड्का, १७ जेठ ।
  •   प्रदेश नंं १ को प्रदेश सभाको दोश्रो अधिवेशन बिहिबार (आज)  बस्दैछ ।
  • नेपालको संबिधान धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहाङले आज दिउँसो ३ बजेका लागि प्रदेश सभाको बर्षे अधिबेशन आब्हान गरेका छन ।

अस्बिन खड्का, १७ जेठ ।  प्रदेश नंं १ को प्रदेश सभाको दोश्रो अधिवेशन बिहिबार (आज)  बस्दैछ । नेपालको संबिधान धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहाङले आज दिउँसो ३ बजेका लागि प्रदेश सभाको बर्षे अधिबेशन आब्हान गरेका छन ।

बिहिबारकाे  बैठकमा सभामुख प्रदिप कुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्र सदनलाई पढेर सुनाउने छन ।

यो अधिबेशनको मुख्य काम भनेको आगामी आर्थिक बर्ष २०७५–०७६ को निति तथा कार्यक्रम ल्याउने हो । सरकारले असार १ गते बजेट ल्याउने तयारी गरिरहेको छ । बैठकमा बजेटमाथि छलफल हुनेछ ।

प्रदेश सरकारलाई आबश्यक पर्ने बिधेयकहरु पनि ल्याउने तयारी गरिएको छ । यही अधिबेशनमा प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संभावना पनि रहेको छ ।

प्रदेश सभाको पछिल्लो अधिबेशनले प्रदेश सभा नियमावली सहित १२ वटा बिधेयक पारित गरेको थियो । पहिलो अधिबेशन ९३ दिनसम्म चलेको थियो । माघ २२ गते शुरु भएको पछिल्लो अधिबेशनमा ३९ वटा बैठक बसेर बैशाख २६ गते स्थगन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाहिर जति हल्ला छ त्यस्तो खालको बिवाद युवासंघमा छैन .अमित लामा/
बाहिर जति हल्ला छ त्यस्तो खालको बिवाद युवासंघमा छैन .अमित लामा/
अमेरिका र रुसको विवाद सतहमा, ट्रम्पले गरे पुटिनसँगको भेट रद्द
अमेरिका र रुसको विवाद सतहमा, ट्रम्पले गरे पुटिनसँगको भेट रद्द
योगमायाले गरेको विद्रोह विश्वका लागि नौलो र साहसिक छ : राष्ट्रपति भण्डारी
योगमायाले गरेको विद्रोह विश्वका लागि नौलो र साहसिक छ : राष्ट्रपति भण्डारी
पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि
पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि
​मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट
​मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट
पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखे सम्बन्ध बिच्छेद , यस्तो छ सम्बन्धविच्छेदको व्यवस्था
पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखे सम्बन्ध बिच्छेद , यस्तो छ सम्बन्धविच्छेदको व्यवस्था
नेपालगञ्ज बमकाण्डः अभियुक्त सार्वजनिक, प्रहरीलाई दिए यस्तो बयान
नेपालगञ्ज बमकाण्डः अभियुक्त सार्वजनिक, प्रहरीलाई दिए यस्तो बयान
कोरोना कहरः भक्तपुरमा घरबाहिर निस्कन निषेध
कोरोना कहरः भक्तपुरमा घरबाहिर निस्कन निषेध
प्रचण्डले फेरि उठाए राष्ट्रिय सहमतिको कुरा
प्रचण्डले फेरि उठाए राष्ट्रिय सहमतिको कुरा
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र