२५६३ औँ बुद्ध पूर्णिमा आज, लुम्बिनीमा भव्य कार्यक्रम हुँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ४, २०७६
|
|
२८ पटक हेरिएको
Shares
२५६३ औँ बुद्ध पूर्णिमा आज, लुम्बिनीमा भव्य कार्यक्रम हुँदै

सारांश

  • २५६३ औँ बुद्ध पूर्णिमा महामानव गौतम बुद्धप्रति आस्था प्रकट गरि मनाइँदैछ ।
  • गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा मनाउँछन् ।
  •  इशापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्ष अघि सिद्धार्थ गौतमको जन्म आमा मायादेवी माइती देवदह जाने क्रममा लुम्बिनीमा भएको थियो ।

२५६३ औँ बुद्ध पूर्णिमा महामानव गौतम बुद्धप्रति आस्था प्रकट गरि मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा मनाउँछन् । इशापूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्ष अघि सिद्धार्थ गौतमको जन्म आमा मायादेवी माइती देवदह जाने क्रममा लुम्बिनीमा भएको थियो । राजा शुद्धोधन र मायादेवीको सुपुत्रको रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार त्यागेर दरबारबाट ज्ञानको खोजीमा निस्किएका थिए ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इशापूर्व ५२८ मा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि बुद्धका रुपमा उनले विश्वप्रसिद्धि पाए ।

३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका बौद्ध दर्शनको खोज–अनुसन्धानमा लागेका सिद्धार्थले बुद्धत्व प्राप्तिपछि आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् ।
द्धपूर्णिमाको त्रिसंयोगको अवसरमा विश्वभर विभिन्न कार्यक्रम गरि मनाईँदैछ ।

नेपालमा बुद्धजन्मस्थल लुम्बिनी, बुद्धको क्रिडास्थल शुद्धोधनको दरबार क्षेत्र रहेको तिलौराकोट र कपिलवस्तु क्षेत्र, बुद्धको अस्तु धातु रहेको रामग्राम, मावली देवदहलगायतका क्षेत्र तथा बौद्ध गुम्बा, विहारहरुमा भव्य रुपमा बुद्धपूर्णिमा मनाईँदैछ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा यसैअवसरमा विशेष कार्यक्रम आयोजना हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनीस्थित सभाहलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संघीय सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरु, बौद्धधर्मगुरुहरु, लगायत सहभागी हुँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसएसपीहरुको सरुवा, काठमाडौं परिसरमा उत्तम सुवेदी, अपराध महाशाखामा सहकुल थापा
एसएसपीहरुको सरुवा, काठमाडौं परिसरमा उत्तम सुवेदी, अपराध महाशाखामा सहकुल थापा
  जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सार्वजनिक
  जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सार्वजनिक
स्व नकर्मीको कृतिको नेपाली संस्करण सार्वजनिक
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय
प्रधानसेनापति र बेलायती मन्त्रीबीच भेटवार्ता
प्रधानसेनापति र बेलायती मन्त्रीबीच भेटवार्ता
छोरी जन्माएकै कारण श्रीमानले गरे घर निकाला, फोन गर्दा गाली गर्ने मार्ने धम्की
छोरी जन्माएकै कारण श्रीमानले गरे घर निकाला, फोन गर्दा गाली गर्ने मार्ने धम्की
जैश–ए–मोहम्मदका प्रमुखका भाइसहित ४४ आतंकवादी पाकिस्तानको नियनन्त्रणमा
जैश–ए–मोहम्मदका प्रमुखका भाइसहित ४४ आतंकवादी पाकिस्तानको नियनन्त्रणमा
२७ हजार अस्थायी शिक्षकलाई अवकाश गर्न १० अर्ब माग
२७ हजार अस्थायी शिक्षकलाई अवकाश गर्न १० अर्ब माग
जनअपेक्षा अनुसार काम गर्न नसके पदमा पछि हट्छु : मन्त्री भट्टराई
जनअपेक्षा अनुसार काम गर्न नसके पदमा पछि हट्छु : मन्त्री भट्टराई
गायक महेश र गायिका अस्मिताको इन्गेजमेन्ट
गायक महेश र गायिका अस्मिताको इन्गेजमेन्ट

तपाईंले छुटाउनुभयो कि?