लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
१५ पटक हेरिएको
Shares
लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु

सारांश

  • भारतमा लगातार ४५ दिन ‘पबजी’ खेल खेल्दा एक युवकको ज्यान गएको छ ।
  • भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकको लगातार पबजी खेल्दा ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
  • अनलाइन भिडियो गेम ‘पबजी’ खेलको समस्यालाई लिएर विश्वभर विरोध भैरहेको छ ।

भारतमा लगातार ४५ दिन ‘पबजी’ खेल खेल्दा एक युवकको ज्यान गएको छ । भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकको लगातार पबजी खेल्दा ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अनलाइन भिडियो गेम ‘पबजी’ खेलको समस्यालाई लिएर विश्वभर विरोध भैरहेको छ । तर पनि पबजी खेल खेल्ने मानिसको संख्यामा कमी आएको छैन ।

रिपोर्ट अनुसार उनी ४५ दिनदेखि लगातार ‘पबजी’ गेम खेलिरहेका थिए जसका कारण उनको गर्धन निकै दुख्न थाल्यो । त्यसपछि उनलाई हैदराबादको अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा अस्पतालमा नै ती युवकको ज्यान गएको हो ।

उनको उपचारमा संलग्न डाक्टरहरुले लगातार ४५ दिनसम्म गेम खेलिरहेकाले उनको गर्धनको नसा चुडिएको बताएका छन् । पबजी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् ।

पबजी खेलको चर्को विरोधपछि यो अनलाइन गेम निर्माता पबजी कर्पोरेशनले गेम खेल्न चाहानेले दैनिक ६ घण्टामात्र पबजी खेल्न पाउने व्यवस्था गरेको छ ।

उक्त फिचर अनुसार प्लेयर्सलाई पबजी खेलेको ४ घण्टापछि हेल्थ नोटिफिकेसन दिनेछ भने त्यसको २ घण्टापछि प्लेयरको गेम अटोमेटिक लग आउट हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन
उत्पादनमुखी योजना बनाउन मुख्यमन्त्री कार्कीको निर्देशन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षकलाई घुस लिँदालिँदै आज पक्राउ गरेको छ
ओलीले भने ! चीनका राष्ट्रपति आउने भनेर प्रचण्डले ढाँटे..
ओलीले भने ! चीनका राष्ट्रपति आउने भनेर प्रचण्डले ढाँटे..
घरेलु हिंसामा तीन महीना कैदको फैसला
घरेलु हिंसामा तीन महीना कैदको फैसला
सर्वोच्चकै फैसला किर्ते!
सर्वोच्चकै फैसला किर्ते!
कर्ण मल्ल डडेलधुरामा देउवासंग भिड्ने
कर्ण मल्ल डडेलधुरामा देउवासंग भिड्ने
शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन : ओली
शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन : ओली
निर्धारित अवधिभन्दा १६ महिना अघि नै बन्यो पुल
निर्धारित अवधिभन्दा १६ महिना अघि नै बन्यो पुल
राष्ट्र भाषा संरक्षणमा चासो , प्रत्येक समुदायले बोल्ने राष्ट्र भाषालाई पाठ्यक्रममा समाबेश गर्न माग
राष्ट्र भाषा संरक्षणमा चासो , प्रत्येक समुदायले बोल्ने राष्ट्र भाषालाई पाठ्यक्रममा समाबेश गर्न माग
प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु
प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु

तपाईंले छुटाउनुभयो कि?