प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्

सारांश

  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानु अघि नै पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्दा आधा-आधा गर्नुपर्ने बहस चर्किएको छ ।
  • एमालेले संगठनको आधारमा पार्टी एकता गर्नुपर्ने अडान अगाडि सारेको छ भने माओवादी पार्टी एकता नै हुने भए पछि आधा-आधा हुनुपर्ने अडान राखेको छ ।
  • आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानु अघि नै पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्दा आधा-आधा गर्नुपर्ने बहस चर्किएको छ ।

एमालेले संगठनको आधारमा पार्टी एकता गर्नुपर्ने अडान अगाडि सारेको छ भने माओवादी पार्टी एकता नै हुने भए पछि आधा-आधा हुनुपर्ने अडान राखेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन गठित कार्यदलमा सांगठनिक विषयमा ६०/४० कै आधारमा पार्टी एकता गर्नुपर्नेमा एमालेले जोड दिएको माओवादी केन्द्रका एक नेताले बताए ।

ती नेताले भने, ‘समानताको आधार पार्टी एकता हुने हो, निर्वाचनको क्रममा उम्मेदवार बाँडफाँडमा गरेजस्तो पार्टी एकता गर्दा राम्रो सन्देश जाँदैन ।’

६०/४० कै आधारमा पार्टी एकता गर्ने प्रस्ताव एमालेले अगाडि सारे पनि माओवादी केन्द्रले भने बराबरीको संख्यामा पार्टी एकता हुनुपर्ने अडान लिएको बताइएको छ ।

जसको कारण केन्द्रीय सदस्यको संख्या कत्रो बनाउने भन्ने विषयमा समेत दुई पार्टीबीच सहमति जुट्न नसकेको बताइएको छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पार्टीबीच एकता गरेर ठूलो पार्टीको अध्यक्षको हैसियतमा भारत भ्रमणमा जाने तयारीगरेका छन् ।

भारत भ्रमण अघि नै एकता प्रयास गर्ने प्रस्ताव स्वयम् अध्यक्ष ओलीले नै राख्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ramesh Gautam Vijan

    हुनुहुँदैन नभए हुने थियोे,भन्ने हाम्रो अान्त्रिक विचार हाे,

    Comment Author

    Rudra Bahadur Karki

    एउटा म्यन मा दुइटा खुकरी कसरी बस्ने यो सरकार पनी पाच बर्ष चल्ला जस्ते लागेन यो देस का जनता लाइ उल्लु बनाएर सत्ता मा पगेका हुन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?