एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
६६ पटक हेरिएको
Shares
एटिएम प्रयोग गरी चोरी गर्ने बुल्गेरियन नागरिक पक्राउ

सारांश

  • अनधिकृतरूपमा ‘एटिएम कार्ड’को प्रयोग गरी रकम निकाल्ने एक बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुल्गेरियाका नागरिक भिटालिय भालेभिच्नेकिटलाई पक्राउ गरेको हो ।
  • ठमेललगायतका विभिन्न स्थानमा रहेका बैंकका एटिएमबाट अनधिकृतरूपमा रकम निकाल्न प्रयास गरिरहेको तथा नेपाल इन्भेष्टमेन्ट बैंकको ठमेल, चाक्सीबारीस्थित एटिएममा स्किमर जडान गरेको भनी हुलियासहितको सूचना प्राप्त भएपछि ब्यूरोबाट खटिएको टोलीले खोजी अगाडि बढाएको थियो ।

अनधिकृतरूपमा ‘एटिएम कार्ड’को प्रयोग गरी रकम निकाल्ने एक बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुल्गेरियाका नागरिक भिटालिय भालेभिच्नेकिटलाई पक्राउ गरेको हो ।

ठमेललगायतका विभिन्न स्थानमा रहेका बैंकका एटिएमबाट अनधिकृतरूपमा रकम निकाल्न प्रयास गरिरहेको तथा नेपाल इन्भेष्टमेन्ट बैंकको ठमेल, चाक्सीबारीस्थित एटिएममा स्किमर जडान गरेको भनी हुलियासहितको सूचना प्राप्त भएपछि ब्यूरोबाट खटिएको टोलीले खोजी अगाडि बढाएको थियो ।

काठमाडौँका सम्भावित न्यूरोड, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, क्षेत्रपाटीलगायतका स्थानमा जडान गरिएका एटिएममा गोप्य निगरानी गर्दै जाँदा ठमेल, नरसिंहचोकस्थित एक होटलबाट उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

उनको कोठाबाट १८ थान एटिएम कार्ड, ग्लोबल आइएमई बैंक, सानिमा बैंक तथा नबिल बैंकको एटिएमबाट रकम निकालेको कागज, विद्युतीय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न प्रकारका औजार प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका अभियुक्तमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

हालसम्म ब्यूरोले विदेशी नागरिकविरुद्ध गरिएको कारबाहीमा चार रोमानियन, चार टर्किस, चार बुल्गेरियन, चार मोल्दोभियन र दुई भारतीय गरी जम्मा १८ जना विदेशी नागरिक पक्राउ गरिसकेको छ ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले मान्ला त नेपालको ‘इनर्जी बैकिङ’ को अवधारणा ?
भारतले मान्ला त नेपालको ‘इनर्जी बैकिङ’ को अवधारणा ?
तीन महिनामा २३ लागुऔषधसम्बन्धी मुद्दा
तीन महिनामा २३ लागुऔषधसम्बन्धी मुद्दा
प्रतिक्षाको घडि समाप्त, सन्जु को ट्रेलर आउँदै
प्रतिक्षाको घडि समाप्त, सन्जु को ट्रेलर आउँदै
राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ सदस्य फिर्ता पठाए कडा प्रतिवाद गर्छौः सिंह
मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु
स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक कसले कहाँ जिते? (सूचीसहित)
स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक कसले कहाँ जिते? (सूचीसहित)
फलेवासमा आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प
फलेवासमा आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प
‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’लाई साउन मसान्तसम्म निरन्तरता
‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’लाई साउन मसान्तसम्म निरन्तरता
मतगणनामा ढिलो भएपछि चितवन २ र ३ मा गणनास्थल थपियो
मतगणनामा ढिलो भएपछि चितवन २ र ३ मा गणनास्थल थपियो
मेलम्ची खानेपानी आयोजना, सुरुङमा पानी हालेर परीक्षण सुरु
मेलम्ची खानेपानी आयोजना, सुरुङमा पानी हालेर परीक्षण सुरु