सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ ।
  • उनलाई पर्सामा बयानपछि काठमाडौं ल्याइएको थियो।

काठमाडौं। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ ।

उनलाई पर्सामा बयानपछि काठमाडौं ल्याइएको थियो। बुधबारै पर्साबाट काठमाडौं ल्याएर उनलाई विमानमा पोखरा लगिएको हो । काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत उनलाई पोखरा लगिएको हो ।

लामिछाने गत २ कात्तिकमा पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो । सुरुमा उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीमा ठगी गरेकोमा उजुरी परेकाले पोखरा लगिएको हो ।

त्यसपछि रुपन्देही, चितवन र पर्सामा पनि उनीविरुद्ध उजुरी परेपछि ती जिल्लाहरूमा पनि उनको बयान भएको छ । लामिछानेविरुद्ध अमानवीय व्यवहार भएको भनी विभिन्न फोरमहरुमा आवाज उठिरहेको बेलामा आजै तीन जिल्ला घुमाइएको छ । पोखराको पृथ्वीचोकमा लामिछानेको समर्थनमा स्वतन्त्र युवाको नाममा जम्मा भएको समूहले प्रदर्शन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सातवटा खानेपानी योजना निर्माण शुरु
सातवटा खानेपानी योजना निर्माण शुरु
आइजीपी खनाल आइएसआइको तारोमा
आइजीपी खनाल आइएसआइको तारोमा
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
नेप्सेमा २६ दशमलव १४ अङ्कको गिरावट, कारोबार रकम कति ?
नेप्सेमा २६ दशमलव १४ अङ्कको गिरावट, कारोबार रकम कति ?
गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार सङ्कलन
गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार सङ्कलन
प्रचण्डले भने, ‘माओवादीले जति हार्नु थियो हारिसक्यो अब जित्ने बेला आएको छ’
प्रचण्डले भने, ‘माओवादीले जति हार्नु थियो हारिसक्यो अब जित्ने बेला आएको छ’
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
सुनकोशीमा बेपत्ता कर्मचारीको शव पाँच दिनपछि फेला
सुनकोशीमा बेपत्ता कर्मचारीको शव पाँच दिनपछि फेला

तपाईंले छुटाउनुभयो कि?