करेन्ट लागेर दाजुभाइको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १९, २०७७
|
|
४५ पटक हेरिएको
Shares
करेन्ट लागेर दाजुभाइको मृत्यु

सारांश

  • दाङमा करेन्ट लागेर दुई दाजुभाइको आज मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उहाँका १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको हो ।
  • मकैबारीमा जङ्गली बँदेल मार्नका लागि थापिएको विद्युत्मा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

दाङमा करेन्ट लागेर दुई दाजुभाइको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उहाँका १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको हो ।

मकैबारीमा जङ्गली बँदेल मार्नका लागि थापिएको विद्युत्मा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउनका लागि बारीमा विद्युत् लगिएको थियो । थापिएको विद्युत्को धरापमा बँदेल परेको छ कि भनेर बिहान बारीमा गएका भाइलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेको प्रहरीले बताएको छ ।

छोरालाई करेन्ट लागेको देखेपछि बारीमा जानुभएका तिनका ३७ वर्षीय बुबा दिलबहादुरलाई पनि करेन्ट लाग्दा घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा जग्गा प्लटिङको असर: एकै वर्षमा ९० हजार मेट्रिक टन खाद्यान्न उत्पादनमा गिरावट
झापामा जग्गा प्लटिङको असर: एकै वर्षमा ९० हजार मेट्रिक टन खाद्यान्न उत्पादनमा गिरावट
महिला सल्लाहकारमा कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प श्रीमतीसंगै कारेन्टिनमा
महिला सल्लाहकारमा कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प श्रीमतीसंगै कारेन्टिनमा
जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?
जनतालाई देउवाको प्रश्नः तानाशाही कम्युनिष्ट शासन कि लोकतन्त्र रोज्ने ?
जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ
प्रणय दिवसः प्रेमको प्रतीक बन्यो रानीमहल
प्रणय दिवसः प्रेमको प्रतीक बन्यो रानीमहल
दार्चुलामा कांग्रेसको अग्रता
दार्चुलामा कांग्रेसको अग्रता
भारतले अर्जेन्टिनालाई हराएर हराएर रच्यो इतिहास
भारतले अर्जेन्टिनालाई हराएर हराएर रच्यो इतिहास
कुकुरका लागि जुत्ता किन्न प्रहरीको निर्देशन
कुकुरका लागि जुत्ता किन्न प्रहरीको निर्देशन
टेलिकमको सेयर आम्दानीमा वृद्धि , ल्याण्ड लाईन सेवा हटाईने
टेलिकमको सेयर आम्दानीमा वृद्धि , ल्याण्ड लाईन सेवा हटाईने
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा
३० हजार घुससहित प्रहरी नायव निरीक्षक अख्तियार नियन्त्रणमा