ललितपुरको अवैध धन्दाको बारेमा रिपोर्टिंग गर्दा ३ पत्रकारलाई दुर्व्यवहार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १९, २०७६
|
|
२० पटक हेरिएको
Shares
ललितपुरको अवैध धन्दाको बारेमा रिपोर्टिंग गर्दा ३ पत्रकारलाई दुर्व्यवहार

सारांश

  • समाचार संकलनको लागि गोदावरी नगरपालिका गएका तीन पत्रकारमाथि गोदावरी नगरपालिकाका सुरक्षाकर्मीले क्यामेरा खोस्दै दुर्व्यवहार गरेको छ ।
  •  प्राइम टाइम टेलीभिजनको जनताको इजलासमा कार्यरत कार्यरत पत्रकारहरु दिपक अर्याल, बालकृष्ण शर्मा, पुण्य धमला र क्यामरामेनलाई गोदावरी नगरपालिकाका सुरक्षाकर्मीले क्यामेरा खोसेर दुर्व्यवहार गरेका हुन् ।
  • उनीहरुले ललितपुरमा सञ्चालित अवैद्य खानी, क्रसर र पानी उद्योगहरुबारे निरन्तर रुपमा प्राइमटाइम टेलीभिजनका समाचार प्रसारण गरिरहेका थिए ।

समाचार संकलनको लागि गोदावरी नगरपालिका गएका तीन पत्रकारमाथि गोदावरी नगरपालिकाका सुरक्षाकर्मीले क्यामेरा खोस्दै दुर्व्यवहार गरेको छ । प्राइम टाइम टेलीभिजनको जनताको इजलासमा कार्यरत कार्यरत पत्रकारहरु दिपक अर्याल, बालकृष्ण शर्मा, पुण्य धमला र क्यामरामेनलाई गोदावरी नगरपालिकाका सुरक्षाकर्मीले क्यामेरा खोसेर दुर्व्यवहार गरेका हुन् ।

उनीहरुले ललितपुरमा सञ्चालित अवैद्य खानी, क्रसर र पानी उद्योगहरुबारे निरन्तर रुपमा प्राइमटाइम टेलीभिजनका समाचार प्रसारण गरिरहेका थिए । उनीहरुले गोदावारी क्षेत्रको खानी, क्रसरको सूचना माग गर्दा नगरप्रहरीको दम्भ देखाएर दुर्व्यवहार गरेको पत्रकार दीपक अर्यालले बताए ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीको कोठामा प्रवेश गर्न खोज्दा नगरप्रहरीले क्यामरा बन्द गर्न भन्दै लछारपछार गरेको अर्यालको आरोप छ ।पत्रकार अर्यालले भने– ‘नगरप्रहरीले उनीहरुले बोकेको क्यामरा समातेर बन्द गर भन्दै प्रमुख प्रशासकीय अधिकृतको कोठाबाट निकालेको हो ।

यो पनि पढ्नुस्
वर्षा लागेसँगै दिनरात त्रासमा मध्यपुर र बालकोटका बासिन्दा
रमेश गिरी
भक्तपुर। वर्षायाम शुरु भएसँगै मध्यपुरथिमि, सूर्य्विनायक र भक्तपुरका बासिन्दा दिनरात त्रासमा बसेका छन्। वर्षामा हनुमन्ते नदीमा आएको बाढी गत वर्षजस्तै बस्तीमा पसेर वितण्डा मच्चाउला भन्ने डर र त्रासमा यहाँका बासिन्दा बसेका हुन्।

गत वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र, कमेरोटार क्षेत्र, मध्यपुर अस्पताल, शङ्खधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्य्विनायक नगरपालिकाका कटुञ्जे, बालकोटलगायतका क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयाँै घर डुबानमा पर्नुका साथै करोडौँको क्षति भएको थियो।

यस वर्ष हनुमन्ते करिडोर निर्माण शुरु भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशामा बसेका यहाँका बासिन्दा भूमाफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएसँगै उर्लिएको हनुमन्ते यस वर्ष पनि बस्तीमा पस्ने त्रासमा परेका छन्।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा चार किलोमिटर करिडोर निर्माण गर्न सरकारको रु ८१ करोड लागतमा ठेक्का सम्झौता गरी २०७५ मङ्सिरदेखि हनुमन्ते करिडोरको निर्माणकार्य शुरु गरे पनि असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हनुमन्ते करिडोर निर्माण असार लागेलगत्तै रोकिएपछि ठप्प भएको ठेकेदार पिएस गोल्डेनगुड समानान्तर जेभीका कम्पनी प्रबन्ध सञ्चालक नीरज थपलियाले बताए। उनले प्रमुख जिल्ला अधिकारीबाट काम सञ्चालन गर्ने आदेश र सुरक्षा पाए शुरु गर्न सकिने बताए।

जिल्लाको चारवटै नगरपालिका भएर बग्ने वाग्मतीको सहायक नदीको रूपमा रहेको हनुमन्ते नदी नौ किलोमिटर लामो छ। तीन चरणमा दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको हनुमन्ते करिडोर पहिलो चरणमै काम रोकिएको हो। नदीको बहाव क्षेत्र २० मिटर, दायाँबायाँ २०–२० मिटरको फुटपाथसहितको सडक गरी ६० मिटर फराकिलो करिडोर निर्माणसँगै नदीको दुवैपट्टि ढुङ्गाको अग्लो पर्खाल निर्माण गरी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने गरी हनुमन्ते करिडोर निर्माणकार्य अगाडि बढाएको सांसद महेश बस्नेतले बताए।

उनले भने, “यो सानो प्रयासले आएको आयोजना होइन, धेरै दुःख गरेर दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने गरी ल्याएको योजना हो, समस्या भए छलफल गरेर समाधान गर्नुपर्छ, अरुको कुरा सुनेर विकास रोक्नु गलत हो, सधैँ रोक्न खोजे पन्छाएर गइन्छ।”

भक्तपुरलाई बाढी र डुबानबाट जोगाउने, जाममुक्त भक्तपुर बनाउने, अरनिको राजमार्गको वैकल्पिक मार्गको रूपमा विकास गर्नेसमेत विभिन्न योजनासहित आएको हनुमन्ते कोरिडोर निर्माण रोकेर विकासमा अवरोध पुर्याउनु गलत भएको उनले बताए। उनले समस्या भए छलफल र सहमतिबाट टुङ्याउनुपर्ने बताउँदै विकासलाई यत्तिकै रोकेर राख्न खोजे विकासविरोधी तत्वलाई पन्छाएर काम अगाडि बढाइने बताए।

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा सञ्चालित ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौँ मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलले हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयवासीको गुनासो छ। राधेराधेबाट विनाअवरोध निर्माण हुँदै गएको करिडोर ब्लक कारखाना अगाडि पुगेपछि रोकिएको बताउँदै स्थानीय सरोकारवाला दामोदरप्रसाद श्रेष्ठले सार्वजनिक जग्गा हडप्न खोज्ने भूमाफियाले सांसदसमेतलाई प्रयोग गरी शक्तिको आडमा केही व्यक्तिको परिचालन गरी करिडोर निर्माण रोकेको बताए।

स्थानीय जम्मबरबहादुर केसीले वर्षौंदेखि आफ्नो जग्गामा खोला बग्दा हाँसेर बस्नेहरू अहिले विकास रोक्न आएको बताउँदै पीडित जग्गाधनीले राहत पाउने बेलामा एक आना पनि जग्गा नभएका भूमाफिया करिडोर रोकेर समस्या सिर्जना गर्न आएको बताउँछन्। मध्यपुरथिमि नगरपालिका राधेराधेका सुमित्रा थापाले हनुमन्ते करिडोर निर्माण रोकिएपछि बस्तीमा बाढी पस्ला भनेर रातभरि निदाउन नसकेको बताउँदै बाढी पसेर क्षति भए करिडोर निर्माण रोक्ने व्यक्तिले जिम्मा लिनुपर्ने बताइन्।

चारदोबाटो बालकोटका कुखुरा व्यवसायी मनोहर खत्रीले गत वर्ष बाढी पसेर आफ्नो खोरमा बिक्री गर्न तयार पारेको २०० कुखुरा बगाएको बताउँदै यस वर्ष थप त्रास भएको बताए। उनले भने, “हनुमन्ते नदीको बीचबीचमा ढुङ्गा थुपारिएको छ, माटो जताततै थुप्रिएको छ, करिडोर निर्माण भएको ठाउँमा फराकिलो भए पनि त्यो भन्दा तल, माथि साँघुरो छ, यस्तो अवस्थामा बाढी आए थप जोखिम हुन्छ, त्यसैले यहाँका बासिन्दाले दिनानुदिन त्रासमा बाँच्नुपरेको छ।”

लामो समयदेखि रहँदै आएको नदीको धार परिवर्तन गर्ने र सिमाङ्कनको विवादलाई सम्बन्धित जग्गाधनी, सांसद, विभिन्न राजनीतिक दलका नेता, सूर्य्विनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाका प्रमुख, बालकोटका वडाध्यक्षसहित पटक–पटकको छलफलले ल्याण्डपुलिङको माध्यमबाट सबै समस्या समाधान गर्दै हनुमन्ते करिडोर निर्माण गर्ने सहमतिअनुसार काम अगाडि बढेको थियो।

सहमतिअनुसार नै सूर्य्विनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले संयुक्तरूपमा तयार पारेको नक्साको आधारमा दीर्घकालीन समस्या समाधान गर्ने गरी नदीको बहावलाई व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता गरी व्यवस्थित गरिने सहमतिअनुसार नै काम अगाडि बढेको हो।

यसबारेमा सूर्य्विनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले रोकिएको हनुमन्ते करिडोर पुनः शुरु नभए गत वर्षजस्तै बस्ती डुबानमा पर्ने जोखिम रहेको बताउँदै निर्माण पुनः शुरु गर्ने पहल भइरहेको बताए। मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले समस्या भए समाधान खोज्नुपर्ने बताउँदै काम नै रोकेर राख्न भने नहुने बताए।

सूर्य्विनायक नगरपालिका–३ बालकोटका वडाध्यक्ष शिवशरण खत्री सबैको सहमतिमा समस्या समाधान भए पनि अहिले आर्थिक चलखेल गर्न करिडोर निर्माण नै रोक्नु गलत भएको बताउँदै बस्ती डुबानमा परे रोक्नेले जिम्मेवारी लिनुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा
अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
बाढी र पहिरोका कारण मनाङ सडक अवरुद्ध !
बाढी र पहिरोका कारण मनाङ सडक अवरुद्ध !
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री दाहाल
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री दाहाल
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
अध्यक्षद्धयको प्रतिवेदन अस्विकृत भएको हैन, आज पारित हुन्छ : रायमाझी
अध्यक्षद्धयको प्रतिवेदन अस्विकृत भएको हैन, आज पारित हुन्छ : रायमाझी
नेविसंघमा पौडेल समूहका छुट्टाछुट्टै दुइ धार
नेविसंघमा पौडेल समूहका छुट्टाछुट्टै दुइ धार
रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या
रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या
विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस्
विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस्
विद्युतीय रेलदेखि पानीजहाज चलाउनेसम्मका भारतसँग सम्झौता

तपाईंले छुटाउनुभयो कि?