६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०८०
|
|
५२ पटक हेरिएको
Shares
६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज

सारांश

  • काठमाडौं ।
  • नेपाली चलचित्र जुलेवी यही १ भदौ शुक्रबारबाट मुलुकका ६ दर्जनभन्दा बढी सिनेमा हलमा रिलिज हुने भएको छ ।
  • यो चलचित्रका विभिन्न ५ वटा दृष्यमा सेन्सर बोर्डले कैंची चलाएपछि यसले ‘एडल्ट सर्टिफिकेट’ पाएको छ ।

काठमाडौं । नेपाली चलचित्र जुलेवी यही १ भदौ शुक्रबारबाट मुलुकका ६ दर्जनभन्दा बढी सिनेमा हलमा रिलिज हुने भएको छ । यो चलचित्रका विभिन्न ५ वटा दृष्यमा सेन्सर बोर्डले कैंची चलाएपछि यसले ‘एडल्ट सर्टिफिकेट’ पाएको छ ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दिक्षितलगायतको अभिनय रहेको छ ।

‘मैले डेढ दर्जन चलचित्रमा नायिकाका रूपमा काम गरिसकें । तर, जुलेवीमा यौन व्यवसायी चरित्र निर्वाह गर्न जस्तो गाह्रो मलाई यस अघि अरू कुनै फिल्ममा भएन ।’ अभिनेत्री सुरक्षा पन्तले भनिन् ।

विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउन्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसिएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ ।

यो चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । लेखक तथा निर्देशक पाण्डेले भने फिल्म’bout भने, ‘चलचित्रका पात्रलाई रत्नपार्कले जोड्छ, चलचित्रको कथा सात जना पात्रको सम्बन्धको वरिपरि घुमेको छ । गाउँबाट ठुलो सपना बोकेर काठमाडौं छिरेपछि बिरोजगार भएर यौन पेसामा लागेका पात्रको संघर्षलाई हामीले यसमा उतारेका छौं ।’

फिल्मकी निर्माता आभा शर्मा नेपाल हुन् । फिल्ममा चार जना महिला पात्रको कथा रहेको आभाले बताइन् । आपूm नारी भएकाले नारीका पीडा सिनेमामा समेटेको पनि उनको कथन छ ।

यो चलचित्रका कार्यकारी निर्माता नवीन भट्ट हुन् । एन्थोलोजी जनरामा निर्मित यो चलचित्रको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल सम्भाव्यता
नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल सम्भाव्यता
सौगातले प्रियंकालाई किन ‘आइ एम सरी’ भने ? (भिडियोसहित)
सौगातले प्रियंकालाई किन ‘आइ एम सरी’ भने ? (भिडियोसहित)
अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा
अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा
साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने
साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने
‘बेबी आई लभ यू’को ‘म्युजिकल्ली कम्पिटिसन !
‘बेबी आई लभ यू’को ‘म्युजिकल्ली कम्पिटिसन !
औद्योगिक क्षेत्रबाट ४६ करोड ८६ लाख बक्यौता महसुल असुल, १० उद्योगको बिजुली काटियो
औद्योगिक क्षेत्रबाट ४६ करोड ८६ लाख बक्यौता महसुल असुल, १० उद्योगको बिजुली काटियो
भारतिय चर्चित गायिका कनिका कपुरलाई लाग्यो कोरोना
भारतिय चर्चित गायिका कनिका कपुरलाई लाग्यो कोरोना
उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावल
उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा प्रकाश रावल
साथीको भर पर्दा…
साथीको भर पर्दा…
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए