यसकारण टानमा मेरो नेतृत्व आवश्यक छ : मोहन लम्साल

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
|
१८ पटक हेरिएको
Shares
यसकारण टानमा मेरो नेतृत्व आवश्यक छ : मोहन लम्साल

सारांश

  • काठमाडौं ।
  • ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को भोलि हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार मोहन लम्सालले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै टानको संस्थागत सुदृढीकरण, पर्यटन प्रवद्र्धन र व्यावसायिक हक, हितमा लागिपर्ने बताएका छन् ।
  • उनले स्वच्छ प्रतिस्पर्धाबाट व्यावसायिक नेतृत्वले टानको नेतृत्व लिई नेपाली पर्यटनलाई विश्व बजारमा प्रर्वद्धन गर्न अभियान चलाउनुपर्ने औँल्याए ।

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को भोलि हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार मोहन लम्सालले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै टानको संस्थागत सुदृढीकरण, पर्यटन प्रवद्र्धन र व्यावसायिक हक, हितमा लागिपर्ने बताएका छन् ।

उनले स्वच्छ प्रतिस्पर्धाबाट व्यावसायिक नेतृत्वले टानको नेतृत्व लिई नेपाली पर्यटनलाई विश्व बजारमा प्रर्वद्धन गर्न अभियान चलाउनुपर्ने औँल्याए । लम्सालले व्यवसायी भ्याट र स्थानीय करको मर्कामा परेको भन्दै आफू निर्वाचित भएमा सो समस्या समाधान गर्ने बताए ।

मुलुकको संघीय संरचना अनुसार पर्वतीय पर्यटनक क्षेत्रमा देखिन थालेका थप देखिन सक्ने शूल्क, स्थानीय कर तथा अन्य स्थानीय शूल्कका विषयलाई राज्य र पर्यटन व्यवसायीको समेत सल्लाह र सुझावका आधारमा समाधान खोज्ने, पदयात्रा, पर्वतारोहण, राष्ट्रिय निकुञ्ज प्रवेश लगायतका सबै अनुमति पत्र एकद्वार प्रणालीमार्फत व्यवस्था गर्ने, टानको आन्तरिक व्यवस्थालाई थप सृदृढ बनाउने, राजनीतिकरण र राजनीतिक प्रभावबाट टानलाई मूक्त राख्ने प्रतिबद्वतापत्रमा उल्लेख छ ।

सन् १९६६ नोभेम्बर २६ मा पश्चिम नेपालको दाङ, तुलसीपुरमा जन्मिएका लम्साल एक सफल र अनुभवी पर्यटन व्यवसायीको रुपमा परिचित छन । टानमा यस अघि क्रमशः एक कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल महासचिवको भूमिका निर्वाह गरिसकेका लम्सालले व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

लम्साल पर्यटन क्षेत्रमा एक उदाहरणीय व्यवसायी त हुन नै यसबाहेक उहाँ सामाजिक सेवाका क्षेत्रमा पनि उत्तिकै परिचित छन् । हाल उहाँ स्विस नागरिकहरुको आर्थिक सहयोगमा नुवाकोटस्थित तारकेश्वरमा झण्डै अढाई करोडको योजनाअन्तर्गत ३ वटा विद्यालय निर्माणका लागि उहाँकै संयोजनमा सम्पन्न भैसकेको छ ।

सन १९८८ मा ट्रेकिङ गाइडका रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका लम्साल हाल मकालु एडभेन्चर प्रा.लि., मकालु एडभेन्चर ट्राभल्स एण्ड टुर, ठमेल इको रिसोर्ट, नेपाल योगा रिट्रिट, एभरेस्ट प्याराग्लाइडिङ, ठमेल मोमो हटलगायतका सञ्चालक रहेका छन् ।

नेपाल योग एशोसिएसनको अध्यक्ष समेत रहेका लम्साल लायन्स, रेडक्रस जस्ता संस्थाहरुमार्फत समाजसेवाको क्षेत्रमा समेत क्रियाशिल छन् । पर्यटन प्रर्वद्धनको सिलसिलामा ३० भन्दा बढी देशहरुको भ्रमण गरिसकेका लम्साल प्रजातान्त्रिक गठबन्धनको तर्फबाट टानको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार रहेका छन् ।

लम्सालले व्यवसायीहरुको हक हितका लागि आफूले जित्नैपर्ने बताएका छन् । लम्साललाई कांग्रेस र नयाँ शक्ति निकट पर्यटन व्यवसायीहरुको समर्थन रहेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    लिल बहादुर थापा

    liked Tim’s

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?