शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
३५ पटक हेरिएको
Shares
शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै

सारांश

  • चितवन, २ पुस ,ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
  • सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी बनेको हो ।
  • जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यालयकोे तथ्याङ्कअनुसार जिल्लाभर अहिले ९०२ घर परिवारका ७८ हजार ५३६ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

चितवन, २ पुस ,ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी बनेको हो ।

जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यालयकोे तथ्याङ्कअनुसार जिल्लाभर अहिले ९०२ घर परिवारका ७८ हजार ५३६ जनाले स्वास्थ्य बीमा गरेका छन् । उनीहरुमध्ये शहरी क्षेत्रका जनता धेरै रहेको उक्त कार्यालयका प्रबन्धक सिर्जना पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिकाका ४३ हजार ९९९, खैरहनी नगरपालिकाका आठ हजार ८३४, रत्ननगर नगरपालिकाका ११ हजार ३४१ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

यस्तै कालिका नगरपालिकाका पाँच हजार ९९, माडी नगरपालिकाका तीन हजार ४३६ र इच्छाकामना गाउँपालिकाका ५६९ जनाले स्वास्थ्य बीमा गरेका छन् । कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका ग्रामीण क्षेत्रमा पर्छ । शहरी क्षेत्रमा शिक्षित परिवारको बसोबास भएका स्थानमा बढी मात्रामा बीमाको कार्यक्रम प्रभावकारी बन्दै गएको प्रबन्धक पौडेलले बताउनुभयो ।

बीमा कार्यक्रमको प्रभावकारिताबारे ग्रामीण क्षेत्रमा जानकारी गराउन नसक्दा ती क्षेत्रमा कार्यक्रम कम प्रभावकारी भएको उहाँले जानकारी दिनुभयो । शिक्षित वर्ग यस कार्यक्रमप्रति सकारात्मक र सहयोगी बनेकै कारण शहरी क्षेत्रमा यसको प्रभावकारिता बढेको हो । पौडेलका अनुसार यो कार्यक्रम लागू भएयता बीमा गरेर सेवा लिनेको संख्या १४ हजार २०६ पुगेको छ । उनीहरुले विभिन्न अस्पतालमार्फत उपचार गराई बीमा रकम दाबी गरी लिएका छन् । बीमा गरेकाले उपचार सेवा र ९२८ प्रकारका औषधि पाउनेछन् ।

कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले वार्षिक दुई हजार ५०० बीमा शुल्क भुक्तानी गरेपछि रु ५० हजारसम्मको उपचार सेवा पाउनेछन् । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रु १० हजारसम्मको उपचार सेवा थपिनेछ ।

यो कार्यक्रमको अधिकतम सीमा रु एक लाख तोकिएको छ । जिल्लामा सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर, खैरहनी, जुटपानी र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, रत्ननगर बकुलहर अस्पताल, बघौडा अस्पताल, गुञ्जमान सिंह अस्पताल र भरतपुर आँखा अस्पतालबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्र शाहको जन्मदिन
आज दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्र शाहको जन्मदिन
पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
नेपालको आज अग्नी परीक्षा, भुटानसँग जित्नै पर्ने दबाब !
नेपालको आज अग्नी परीक्षा, भुटानसँग जित्नै पर्ने दबाब !
बन्दाबन्दीमा समेत आयल निगमले नाफा कमायो
बन्दाबन्दीमा समेत आयल निगमले नाफा कमायो
प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
जेल बसेका नेताले जेलतिर फर्केर कहिल्यै हेरेनन्
जेल बसेका नेताले जेलतिर फर्केर कहिल्यै हेरेनन्
राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई
राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई
वैशाख ७ देखि दोस्रो चरणको खोप सुरु हुने
अायल निगमका खड्का ,किन निलम्बित भएनन्  ?
अायल निगमका खड्का ,किन निलम्बित भएनन् ?