लामा नेतृत्वको टिम आरोहीहरुको हकहितमा काम गर्ने टिम हो : राजेन्द्र सापकोटा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
लामा नेतृत्वको टिम आरोहीहरुको हकहितमा काम गर्ने टिम हो : राजेन्द्र सापकोटा

सारांश

  • सन्तवीर लामालाई तपाईंहरुले अध्यक्षमा उठाउनुको कारण के हो ?
  • सन्तवीर लामा एउटा स्वतन्त्र र अनुभवी व्यवसायी हुन् ।
  • उनले स्वतन्त्र रुपमा आफ्नो व्यवसाय गरेका छन् ।

सन्तवीर लामालाई तपाईंहरुले अध्यक्षमा उठाउनुको कारण के हो ?
सन्तवीर लामा एउटा स्वतन्त्र र अनुभवी व्यवसायी हुन् । उनले स्वतन्त्र रुपमा आफ्नो व्यवसाय गरेका छन् । लामो समय नेपाल पर्वतारोहण संघको विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । त्यसकारण उनको नेतृत्वमा हामीले एउटा स्वतन्त्र र अनुभवी टिम बनाएर निर्वाचनमा होमिने निर्णय गरेका हौं ।

हरेक मानिसको आ–आफ्नै राजनीतिक आस्था र विचार हुन्छ । कुनै व्यवसायीले कुनै राजनीतिक पार्टीप्रति आस्था राख्छ भन्दैमा उसले कुनै पनि संस्थाको नेतृत्वमा जानु राजनीतिकरण हुँदैन् । अहिले यहाँ के प्रचार गरिँदैछ भने जिम्बाजाङबु शेर्पा स्वतन्त्र उम्मेद्वार तर सन्तवीर लामा राजनीतिक पार्टीको उम्मेद्वार । यो मिथ्या आरोप हो, एजेन्डा बिहिनहरुको आरोप हो । हामीले व्यवसायी, आरोही र सबैलाई समेटेर स्वतन्त्र टिम बनाएका छौं ।

जसलाई निट नेपाल र नयाँ शक्ति नेपालले काँधमा हालेर हिँडेको छ । उ स्वतन्त्र उम्मेद्वार हुने । तर सन्तवीर लामा चाहिँ कुन कारण स्वतन्त्र उम्मेद्वार नहुने ? जिम्बाजाङबु शेर्पाले सन्त्तवीर लामाले भन्दा १० गुणाबढी राजनीतिक अगुवाई गरेका छन् । हिजो अध्यक्ष हुँदा सबैभन्दा बढी विवादित र अलोकतान्त्रिक निर्णय गरेका छन् । यो घाम जस्तै झर्लङ छ ।

जसले हामीलाई राजनीतिक रंग दलिदिएर भ्रमको खेती गर्न खोजेका छन् । उनीहरुसँग हाम्रो विरुद्ध प्रचार गर्ने अरु एजेन्डा छैन् । किनकि उनीहरु एजेन्डा विहिनहरुलाई नै एनएमएको नेतृत्व तहमा पुर्याउनुपर्छ भनेर हिँडेका छन् ।

उसो भए सन्तवीर नेतृत्चको प्यानललाई व्यवसायीले किन चुन्ने ?
प्रमुख कारण एनएमए कसैको ससुरालीबाट ल्याएको दाइजो होइन, आलोपालो भागबन्डा गरेर बाँडीचुडी खाइरहने । यसपटक देखि हामी एनएमएमा बाँडीचुडी खाने कुप्रथाको अन्त गर्न चाहन्छौं । म फेरी भन्छु सन्तवीर लामा एक अहिले एनएमएको अध्यक्ष भइसकेपछि पुन दोहो¥याएर अध्यक्ष बन्नुहुन्न् ।

दोस्रो यसपटक हामीले इतिहासमा पहिलो पटक समावेशी टिम निर्माण गरेका छौं । शेर्पाहरुको कल्याणकारी कोष स्थापना गर्ने, एनएमएलाई अन्तर्राष्ट्रिय अल्पाइन क्लबको रुपमा विकास गर्ने, अन्तर्राष्ट्रिय स्पोर्टस क्लबहरुसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय अल्पाइनिष्ट सम्मेलन नेपालमा आयोजना गर्ने, एनएमएभित्र भएका अनियमितता र अपारदर्शी खेलको अन्त गर्ने हाम्रो मुख्य एजेन्डा हो । साथै विदेशमा गएर अनावश्यक करोडौ रुपैयाँ खर्च गर्ने संस्कारको अन्त र सगरमाथाको नाम्चे लगायतका स्थानमा मौसम पूर्वानुमान प्रणाली जडान गर्ने हाम्रो एजेन्डा रहेको छ ।

यसका अलवा हामी यस क्षेत्रका व्यवसायी र सरोकारवाला निकायहरुसँग सहकार्य गर्दै नेपालको पर्वतीय पर्यटनको विकासमा लामा नेतृत्वको टिम लाग्ने छ ।

यो निर्वाचनलाई पिक खोस्ने र बचाउने बीचको लडाई हो भनेर भनिएको छ नि ? अझ त्यसमा पनि लामा नेतृत्वको प्यानललाई त पिक खोस्नेहरुको प्यानल भनेर पनि भनिन्छ ?
यो चाहिँ सरासर झुटको खेती हो । मैले अघि पनि भने एजेन्डा विहिनहरुले लामाको प्यानलले जित्ने भएपनि गरिएको अनावश्यक हर्कत मात्र हो । सरकारले आरोहीहरुको तालिम, कल्याणकारी कोष निर्माण र अल्पाइनिष्टहरुसँग सहकार्य गरेर काम गर्नका लागि एनएमएलाई पिक सञ्चालनको अनुमति दिएको हो ।

यो खोस्ने भन्ने कुरा किमार्थ हुन सक्दैन । सन्तवीर लामा नेतृत्वको टिम सबैभन्दा बढी आरोहीहरुको हकहितमा काम गर्ने टिम हो । किनकि त्यो टिममा अनुभवकी अनुहारहरु मात्रै छन् ।
विगतमा एमालेकै पर्यटन मन्त्री हुदाँ पिक खोस्ने प्रयास भयो भन्ने कुरा छ त्यो सरागत गलत हो । एमालेको पर्यटन मन्त्री भएपनि प्रधानमन्त्री कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला हुनुहुन्थ्यो, अर्थमन्त्री पनि कांग्रेसकै रामशरण महत हुनुहुथ्यो । प्रधानमन्त्रीले चाहेको खण्डमा मन्त्रीलाई बर्खास्त गर्न सक्छ । प्रधामन्त्री मन्त्रीपरिषद्को अध्यक्ष हुन । पुरुषोत्तम पौडेल र राधा ज्ञवालीलाई कोइरालाले नै मन्त्रीबाट बरखास्त गरिदिएका हुन् । अनि राम्रो गरे हामीले गरेको भन्ने नराम्रो गरे अरुलाई औला देखाउने ? गलतलाई गलत र सहीलाई सही भन्न नसक्नेले के व्यवसायीको हकहितको कुरा गर्ने ?

अर्को कुरा त्यो बेला सन्तवीर लामा पिक फिर्ता ल्याउने अभियानको अभियान्त हुन । अहिलेका अध्यक्ष आङछिरिङ शेर्पा त्यो बेला विदेश भ्रमणमा मस्त थिए । लामाले अड्डा, अदालत धाएर मुद्दा मामिला गरेर पिक फिर्ता ल्याउन लडेका छन् ।

हामीले अहिले पनि भनेका छौं । पिक खोस्ने काम कदापी सम्भव छैन । हामी त अहिलेको १८ वटा मात्र होइन । थप भर्जिन पिकहरु सञ्चालनको जिम्मा एनएमएलाई दिनुपर्छ र तिनीहरुको आवश्यक प्रचार–प्रचार गर्नुपर्छ भन्ने पक्षमा छौ । त्यो अभियान पनि हामी छिटै थाल्छौं ।

अरु बेला पर्यटकीय संघसंस्थाहरुमा राजनीति हुनुहुँदैन भन्ने तपाईहरुले नै एनएमएलाई राजनीतिको भुङग्रोमा हालिदिनुभयो हैन ?

हरेक आफ्ना कुरा राख्ने स्वतन्त्रता छ । तर बुझ्नेले बुझिदिनुप¥यो । कसले सही गरेको छ र कसले गलत गरेको छ । एनएमएमा सहमतिय नेतृत्व चयनका लागि हामीले अन्तिम समय सम्म प्रयास गरेकै हो । र विगतको सहमतिहरुलाई कार्यान्वयन गर्दै अघि जाउ भनेको हो । सोही अनुसार हामीलाई हुन्छ भन्ने आश्वासन पनि दिइएको हो । तर हामीसँग लाजले वार्ता गर्न नसकेर केही साथीहरु आफ्नो सुरुले हिँड्नुभयो । त्यसपछि हामीले सन्तवीर लामाको नेतृत्वमा टिम बनाएर निर्वाचनमा उभिन बाध्य भयौं ।

अहिले हामीलाई जसले राजनीतिको आरोप लगाउनुभएको छ । उहाँहरु नै राजनीतिक हुनुहुन्छ । सन्तवीर लामा कहाँ कुन ठाँउबाट कुन पार्टीबाट संसद उठेका व्यक्ति हुन् । म फेरी भन्छु सन्तवीर लामाको टिम स्वतन्त्र र समावेशी टिम हो । यसलाई जिताउनु भनेको एनएमएलाई एक सशक्त संस्थाको विकास गर्नु हो ।

(boxmining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७१ करोडको कारोबार
दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७१ करोडको कारोबार
दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज
दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज
चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीरः मन्त्री विष्ट
सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीरः मन्त्री विष्ट
खानेपानी ट्याङ्कीमा शव फेला
खानेपानी ट्याङ्कीमा शव फेला
देउवाको कार्यशैली र गिरोहवादबाट पार्टी चल्न सक्दैन : केसी
देउवाको कार्यशैली र गिरोहवादबाट पार्टी चल्न सक्दैन : केसी
करौडौ बौधलम्बी र हिन्दूलम्बीलाई दुखी बनाउने यो तस्बिर…
करौडौ बौधलम्बी र हिन्दूलम्बीलाई दुखी बनाउने यो तस्बिर…
लकडाउन साउन ७ गतेसम्म, काठमाडौँ आउन यस्तो मापदण्ड
लकडाउन साउन ७ गतेसम्म, काठमाडौँ आउन यस्तो मापदण्ड
बालेनले प्रधानमन्त्री ओलीविरुद्ध खोले फायर, आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव
बालेनले प्रधानमन्त्री ओलीविरुद्ध खोले फायर, आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव
स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता
स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता

तपाईंले छुटाउनुभयो कि?