स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता
सारांश
- स्याङ्जा।
- स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालले सुरुवाती अग्रता लिएकी छन्।
- उनले हालसम्म २ हजार छ सय ४८ मत प्राप्त गरेकी छन्।
स्याङ्जा। स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालले सुरुवाती अग्रता लिएकी छन्। उनले हालसम्म २ हजार छ सय ४८ मत प्राप्त गरेकी छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले २ हजार २ सय चार मत प्राप्त गरेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच सय दुइ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।
विगत १० दिनदेखि रोकिएको स्याङ्जा क्षेत्र नं २ को मतगणना बुधबारदेखि सुरु भएको हो। निर्वाचन आयोगले मतगणना गर्न दिएको निर्देशनअनुसार मतगणना सुरु भएको हो। यही मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन।
चापाकोट नगरपालिकाका ३, ४ र ५ का चार वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा एमालेले पुनः मतदानको माग गर्दै आइरहेको थियो।
binance
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.