इपिएल क्रिकेटः इंल्याण्ड यु१९ का कप्तान हाेल्डेन चितवन टाइगर्सबाट खेल्ने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
४६ पटक हेरिएको
Shares
इपिएल क्रिकेटः इंल्याण्ड यु१९ का कप्तान हाेल्डेन चितवन टाइगर्सबाट खेल्ने !

सारांश

  • काठमाडौँ, ११ भदौ ।
  • नेपालको सबैभन्दा प्रतिष्ठित क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) नजिकिँदै गर्दा सबै टोलिले आफ्ना आयातित खेलाडी सार्वजनिक गरिरहेका छन् ।
  • यस्तैमा चितवन टाइगर्सले आफ्नो दोस्रो विदेशी खेलाडीका रुपमा इंल्याण्डका १९ वर्ष मुनिको राष्ट्रिय टोलिका कप्तान म्याक्स होल्डेनलाई अनुबन्धन गरेको छ ।

काठमाडौँ, ११ भदौ । नेपालको सबैभन्दा प्रतिष्ठित क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) नजिकिँदै गर्दा सबै टोलिले आफ्ना आयातित खेलाडी सार्वजनिक गरिरहेका छन् । यस्तैमा चितवन टाइगर्सले आफ्नो दोस्रो विदेशी खेलाडीका रुपमा इंल्याण्डका १९ वर्ष मुनिको राष्ट्रिय टोलिका कप्तान म्याक्स होल्डेनलाई अनुबन्धन गरेको छ ।

यसअघि पहिलो ओभरसिज खेलाडीको रुपमा इंल्याण्डकै जेम्स फुलरलाई चितवनले अनुबन्धन गरिसकेको थियो । उनी बेलाएतकै मिडलसेक्स क्लबबाट लामो समय देखि व्यवसायिक क्रिकेट खेलिरहेका छन् । तिन खेलाडीमा चितवनले अब एक मात्र खेलाडी अनुबन्धित गर्न बाँकि छ ।

इपिएलको पहिलो दोस्रो संस्करणमा चितवन टाईगर्स विविध आन्तरिक कारणले अन्तिम स्थानमा रहेको थियो । यो पटक भने ट्रफि उचाल्ने दाउमा चितवन प्रतियोगितामा भाग लिनेछ ।

यसअघि काठमाडौँ किंग्स इलेभनले आफ्ना दुई ओभरसिज खेलाडी सार्वजनिक गरिसकेको छ भने अर्को खेलाडी जिम्बावेको हुने संकेत दिएको छ । धेरैले तेस्रो खेलाडी जिम्बावेका अलराउण्डर सिकन्दर राजा रहेको लख काटेका छन् । भने अरु दुई खेलाडी मध्ये एक आयरल्याण्डका अलराउण्डर केविन ओब्राएन हुन भने अर्का युएइका कप्तान रोहन मुस्ताफा रहेका छन् ।

चितवन र काठमाडौले टेस्ट राष्ट्रका खेलाडीलाई अनुबन्धन गरेरसँगै इपिएल अझ रोमाञ्चक हुने त छँदैछ साथै यी टिमले अन्य टोलिलाई अझ स्तरिय खेलाडी ल्याउन दबाव पनि दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन : नेता पौडेल
मुलुकको समृद्धिलाई अघि बढाउने सशक्त माध्यम पर्यटन : नेता पौडेल
आनन्द, नाजिर र शिल्पाले गरे दुलहीको उदघाटन
आनन्द, नाजिर र शिल्पाले गरे दुलहीको उदघाटन
कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने : प्रधानमन्त्री
राप्रपा उम्मेदवार गठबन्धनमा प्रवेश
राप्रपा उम्मेदवार गठबन्धनमा प्रवेश
राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो- नेता पन्त
राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो- नेता पन्त
जितको दोस्रो दौडमा खगराज भर्सेस यज्ञबहादुर
जितको दोस्रो दौडमा खगराज भर्सेस यज्ञबहादुर
नेप्सेमा उच्च अङ्कको गिरावट
नेप्सेमा उच्च अङ्कको गिरावट
सत्तारुढ दलकै सांसदद्वारा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग
सत्तारुढ दलकै सांसदद्वारा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन
ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !
ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !