लाली चाउचाउको गाडीको ठक्करबाट एक युवकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
लाली चाउचाउको गाडीको ठक्करबाट एक युवकको मृत्यु

सारांश

  • बुटवल, २४ बैशाख ।
  • लाली चाउचाउको गाडीको ठक्करबाट घाइते भएका एकजना युवकको मृत्यु भएको छ ।
  • गत बैशाख १३ गते कपिलवस्तुको पिपरा कोठेपुल नजिक लाली चाउचाउको गाडीले ठक्कर दिएको थियो ।

बुटवल, २४ बैशाख । लाली चाउचाउको गाडीको ठक्करबाट घाइते भएका एकजना युवकको मृत्यु भएको छ । गत बैशाख १३ गते कपिलवस्तुको पिपरा कोठेपुल नजिक लाली चाउचाउको गाडीले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका प्यूठान ऐरावती पकला निवासी २३ वर्षीय निर्मल राउतको उपचारको क्रममा बुटवलस्थित जेनस अस्पतालमा मृत्यु भएको हो । गाडीको ठक्करबाट घाइते निर्मलको आइतबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

बुटवलबाट लु ६ प २६९७ नम्बरको मोटराइकलबाट प्युठानतर्फ जांँदै गरेका राउतलाई लु १ च ५५९८ नम्बरको गाडीले ठक्कर दिएको थियो । आफ्नै साइडबाट मोटरसाइकल चलाई रहेका राउत सवार मोटरसाइकललाई लाली चाउचाउको रातो प्लेट नम्बर भएको हाइलेक्स गाडीले ठक्कर दिएको हरि पौडेलले बताएका छन् ।

मृतक राउतको शव अहिले जेनस अस्पतालमा राखिएको छ । मृतक राउतका आफन्तहरुले उचित क्षतीपूर्तिको माग गर्दै शव उठाउन मानेका छैनन् । मृतक राउत बुटवलस्थित नेपाल मेशिनरीका कर्मचारी हुन् । गाडी चालक र गाडीलाई पिपरा इलाका प्रहरी कार्यालयले नियन्त्रणमा मालिएको छ । प्राइवेट अस्पतालमा लामो समय शव राख्न नपाइने भएकाले मृतकका आफन्तलाई शव लैजान दवाव दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?