लिम्बूको कप्तानीमा नेपाल मैदानमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
लिम्बूको कप्तानीमा नेपाल मैदानमा

सारांश

  • काठमाडौँ, २१ भदौ ।
  • बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपाल भूटानको खेल भर्खरै शुरु भएको छ ।
  • पहिलो खेलमा हार बेहोरेको दुवै टोली आज जीतको खोजीका साथ मैदानमा उत्रिएको हो ।

काठमाडौँ, २१ भदौ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपाल भूटानको खेल भर्खरै शुरु भएको छ । पहिलो खेलमा हार बेहोरेको दुवै टोली आज जीतको खोजीका साथ मैदानमा उत्रिएको हो ।नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आज नियमित कप्तान विराज महर्जनलाई शुरुवाती ११ मा नराखेपछि कप्तानको जिम्मेवारीसमेत गोलकिपर किरणकुमार लिम्बूलाई दिइएको छ । राष्ट्रिय टोलीबाट एक दशक खेलिसकेका लिम्बूले राष्ट्रिय टोलीलाई पहिलोपटक नेतृत्व गर्ने मौका पाएका हुन् ।

त्यसैगरी फरवार्डहरु नवयुग श्रेष्ठ र भरत खवास पनि शुरुवातीमा नपरेको ढाकामा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । सो खेलमा गोलकिपर किरणकुमार लिम्बू, डिफेण्डरमा आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, मिडफिल्डर रोहित चन्द, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, अञ्जन विष्ट र फरवार्डमा बिमल घर्तीमगर रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?