लिम्बूको परिवारलाई रू ३ लाख दिने निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १३, २०७९
|
|
२४ पटक हेरिएको
Shares
लिम्बूको परिवारलाई रू ३ लाख दिने निर्णय

सारांश

  • विराटनगर ।
  • कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरुप रू ३ लाख उपलब्ध गराउने भएको छ ।
  • प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाल सरकारद्वारा गठित छानविन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवार लागि राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहका महेन्द्र विष्टले जानकारी दिए ।

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरुप रू ३ लाख उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाल सरकारद्वारा गठित छानविन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवार लागि राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहका महेन्द्र विष्टले जानकारी दिए ।

बैठकले कलबल्गुडी झापाको निर्देशकमा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निर्देशकका रुपमा प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ । साथै पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेस गरिएको दुईवटा संशोधन विधेयक प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ लाई प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ । बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेस गरिएको समपुरक अनुदान कार्यविधि संशोधन प्रस्ताव पारित गर्ने समेत निर्णय गरेको छ ।

बैठकले प्रदेश नामाकरणमा भूमिका खेल्ने प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालय, प्रदेशसभामा उपस्थित सम्पूर्ण राजनीतिक दललाई धन्यवाद ज्ञापन गर्दै कोशी प्रदेशवासीलाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभियुक्त छाड्न नमानेको भन्दै आईजीपी नभएका बेला धमाधम एसपीमाथि कारबाही
अभियुक्त छाड्न नमानेको भन्दै आईजीपी नभएका बेला धमाधम एसपीमाथि कारबाही
मासु काटमार गर्ने र किन्नेलाई ५० हजार जरिवाना, सुराकीलाई १५ हजार इनाम
मासु काटमार गर्ने र किन्नेलाई ५० हजार जरिवाना, सुराकीलाई १५ हजार इनाम
पेशा परिवर्तन गर्न चाहन्छन् वादी समुदायका महिला
पेशा परिवर्तन गर्न चाहन्छन् वादी समुदायका महिला
नेकपाकाे चियापानमा प्रचण्डकाे यस्ताे खुलासा !
नेकपाकाे चियापानमा प्रचण्डकाे यस्ताे खुलासा !
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु
सशस्त्रका एसपी साबले सडकमै पाईन्ट खोलेपछि…
सशस्त्रका एसपी साबले सडकमै पाईन्ट खोलेपछि…
सरकारलाई असफल बनाउन ग्रान्ड डिजाइन : भट्टराई
सरकारलाई असफल बनाउन ग्रान्ड डिजाइन : भट्टराई
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
सुरु हुनेभो पोखराको मतगणना, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति
सुरु हुनेभो पोखराको मतगणना, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति
विमलेन्द्र निधि र राजेन्द्र महतो को भिडन्त हुने  !
विमलेन्द्र निधि र राजेन्द्र महतो को भिडन्त हुने !

तपाईंले छुटाउनुभयो कि?