लोकतन्त्रको कुरा गर्ने विवेकशील साझामा टिकेप्रथा : कार्यकर्ताद्वारा मञ्चमै विरोध

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
लोकतन्त्रको कुरा गर्ने विवेकशील साझामा टिकेप्रथा : कार्यकर्ताद्वारा मञ्चमै विरोध

सारांश

  • काठमाडौं, २० साउन ।
  • आफूले लोकतन्त्रको कुरा गर्नेमात्र होइन अरुलाई समेत बेलाबेलामा लोकतन्त्रको पाठ सिकाउने विवेकशील साझा पार्टीमा पनि टिकेप्रथा देखिएको छ ।
  • आफ्नो जिल्लाको संयोजक आफूहरुले नै छान्ने सोचेर भेलामा आएका कार्यकर्ताहरु “माथिबाटै” टीका लगाएर घोषणा गर्न थालेपछि आक्रोशित बनेका थिए ।

काठमाडौं, २० साउन । आफूले लोकतन्त्रको कुरा गर्नेमात्र होइन अरुलाई समेत बेलाबेलामा लोकतन्त्रको पाठ सिकाउने विवेकशील साझा पार्टीमा पनि टिकेप्रथा देखिएको छ । आफ्नो जिल्लाको संयोजक आफूहरुले नै छान्ने सोचेर भेलामा आएका कार्यकर्ताहरु “माथिबाटै” टीका लगाएर घोषणा गर्न थालेपछि आक्रोशित बनेका थिए ।

माथिबाटै संयोजक घोषणा गरिएपछि कार्यकर्ताहरु आक्रोशित बन्दा विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो मच्चिएको छ । प्रदेश ३ का जिल्ला संयोजक मनोनयन गर्न आयोजित कार्यक्रममा असन्तुष्ट समूहले आक्रोश व्यक्त गरेपछि कार्यक्रममा तनाव भएको थियो । पार्टीका शीर्ष नेताले जिल्ला संयोजक लोकतान्त्रिक पद्धति विपरीत रातारात तोकेको भन्दै केही युवाले कार्यक्रम स्थलमै असन्तुष्टि जनाएका थिए । नेताले संयोजक चयन गर्दा दलाल, अपराधिक मुद्दामा मुछिएका व्यक्तिलाई छनोट गरेको भन्दै युवाले नाराजुलुस समेत गरेका थिए ।

युवाहरुले “युवा अघि बढ्छ देश अघि सर्छ”, भन्दै नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए । असन्तुष्ट युवा समूहले जिल्ला संयोजक लोकतान्त्रिक पद्धतिबाट चयन गर्नुपर्नेमा जोड दिएका थिए । असन्तुष्ट समूहबाट बोल्दै एक युवाले भने, “हामीले हाम्रा जिल्ला संयोजक आफैं चुन्न पाउँने कि नपाउँने ? यही प्रश्न यहाँ राख्न चाहन्छु ।”

होहल्ला र हात हालाहालको अवस्थामा पुगेपछि प्रवक्ता डा. सूर्यराज आचार्यले कार्यकर्तालाई सम्झाउने प्रयास गरेका थिए । “हामी यहाँ बिजनेस र पदका लागि आएका होइनौँ । अहिलेदेखि पद खोज्ने बेला होइन”, आक्रोशित बनेका आचार्यले भने, “तपाईंहरु चुप लाग्नुहोस्, पदका लागि होइन विचारका लागि झगडा र बहस गरौँ । विचारको हामी सम्मान गर्छौँ । तर यहाँ मर्यादा राखेर बहस गरौँ ।”

प्रवक्ता आचार्यले सम्झाउने प्रयास गर्दा कार्यक्रममा अझ धेरै तनाव थपिएको थियो । त्यसपछि संयोजक रवीन्द्र मिश्र मञ्चमा पुगेका थिए । उनले मनोनीत संयोजकलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रम समापन भएको घोषणा गरे । मिश्रले कार्यक्रम समापनको घोषणा गरेपछि कार्यक्रकर्ता नाराबाजी गर्दै हलबाट बाहिर निस्किएका थिए ।

https://www.facebook.com/Guru.bht/videos/1924283894295360/

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Amrit Bohara

    राजनीति हो, नाम, दाम र शक्ति सबै हुन्छ, यसमा न पढाईको प्रमाणपत्र चाहिन्छ नत उमेरको हदबन्दी लाग्छ शानका साथ निरन्तर चल्ने राम्रो ब्यापार हो राजनीति, यसमा खासै अपशोच नगर्दा हुन्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिद्वारा कुमारीबाट प्रसाद ग्रहण
राष्ट्रपतिद्वारा कुमारीबाट प्रसाद ग्रहण
भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै, विश्वका नेता भारतमा
भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै, विश्वका नेता भारतमा
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमय दर
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
‘गाँजा भाङ, धतुरो नखाए’ के महाशिवरात्री ?
‘गाँजा भाङ, धतुरो नखाए’ के महाशिवरात्री ?
पर्सा क्षेत्र नं १ मा प्रभावशाली नेताबीच रोचक भिडन्त
पर्सा क्षेत्र नं १ मा प्रभावशाली नेताबीच रोचक भिडन्त
गिनीःसमुन्द्र किनारमा नयाँ वर्ष मनाउदा दुईको मृत्यु,तीस बेपत्ता
गिनीःसमुन्द्र किनारमा नयाँ वर्ष मनाउदा दुईको मृत्यु,तीस बेपत्ता
राजीमामा दिएपछि अर्थमन्त्री डा. खतिवडा आर्थिक सल्लाहकार बन्ने सम्भावना
राजीमामा दिएपछि अर्थमन्त्री डा. खतिवडा आर्थिक सल्लाहकार बन्ने सम्भावना
मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी
मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी
कांग्रेस प्रविधि रूपान्तरणमा पहिलो, आजदेखि प्रस्तावमाथि छलफल
कांग्रेस प्रविधि रूपान्तरणमा पहिलो, आजदेखि प्रस्तावमाथि छलफल

तपाईंले छुटाउनुभयो कि?