लोकेन्द्र बिष्टको मनोपोलीले एनएमए निर्वाचनमा जिम्बा समूह विजय उन्मुख

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
१९ पटक हेरिएको
Shares
लोकेन्द्र बिष्टको मनोपोलीले एनएमए निर्वाचनमा जिम्बा समूह विजय उन्मुख

सारांश

  • सुजन पन्त काठमाडौं ।
  • नेपाल पर्वतारोहण संघ (एनएमए)को यहि साउन २१ गते हुन गईरहेको निर्वाचनको लागि स्वतन्त्र उम्मेद्वार जिम्बाजाम्बु शेर्पाको समूह बलियो उम्मेदवारको रुपमा देखिएको छ ।
  • शेर्पाको समूहलाई नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (निट) र नयाँ शक्ति नेपाल निकट पर्यटन व्यवसायीसहित बहुसंख्यक आरोहीहरुको समर्थन रहेको छ ।
  • सुजन पन्त

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को यहि साउन २१ गते हुन गईरहेको निर्वाचनको लागि स्वतन्त्र उम्मेद्वार जिम्बाजाम्बु शेर्पाको समूह बलियो उम्मेदवारको रुपमा देखिएको छ । शेर्पाको समूहलाई नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (निट) र नयाँ शक्ति नेपाल निकट पर्यटन व्यवसायीसहित बहुसंख्यक आरोहीहरुको समर्थन रहेको छ ।

त्यस्तै पछिल्लो समय नेकपा माओवादी निकट पर्यटन व्यवसायीहरुले तर्फबाट अध्यक्षका प्रत्यासिका रुपमा अघि सारिएकी निमी शेर्पाले उक्त समूह छाडेर जिम्बाजाङबु शेर्पा समूहबाट द्वितिय उपाध्यक्षको उम्मेद्वार बनेकी छिन् । जसको कारण निमी शेर्पासहितको बहुसंख्यक व्यवसायीहरुको समर्थन जिम्बा समूहलाई जाने प्रष्ट छ ।

माओवादी केन्द्र हेडक्वार्टरले राष्ट्रिय राजनीतिमा भएको समिकरणअनुसार नै कांग्रेससँग सहकार्य गरेर एनएमए निर्वाचनमा अगाडि जान निर्देशन दिएको थियो । तर, नेकपा माओवादी केन्द्रका पर्यटन विभाग प्रमुख लोकेन्द्र विष्ट मगरले पार्टी हेडक्वार्टरको निर्णयलाई समेत अटेर गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जथाभावी गालि गरि एमालेसँग समीकरण गरेर अघि बढ्ने गरि एमाले पर्यटन विभागसँग हस्ताक्षर गर्नुभएको थियो । उसो त माओवादी केन्द्र निकटका बहुसंख्यक व्यवसायीको मत पनि जिम्बा समूहसँगै सहकार्य गरेर निर्वाचनमा होमिने थियो ।

तर विष्टको उक्त हस्तक्षेपकारी निर्णयलाई अन्य व्यवसायीहरुले मात्र होइन माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनभित्रकै व्यवसायीहरुले शंकाको घेरामा राखेका छन् । उनीहरुले आर्थिक प्रलोभनमा पारि विष्टले हेडक्वार्टरको निर्णयलाई समेत लत्याएको बताएका छन् । जसको कारण पनि यो संगठनको बहुसंख्यक मत शेर्पा समूहको स्वतन्त्र उम्मेदवार कै पक्षमा जाने आंकलन पर्यटन बजारमा गर्न थालिएको छ ।

यसैगरी बिष्टले निमी शेर्पालाई टेलिफोनमार्फत जिम्वाजाङबु समूहबाट उम्मेद्वार बनेको भन्दै धम्क्याएको बताइएको छ । तर जवाफमा शेर्पाले पार्टी हेडक्वार्टरको निर्णय लत्याएर गरिएको मनोपोली निर्णयको पछि नलाग्ने जवाफ विष्टलाई दिइएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?