एम्बुलेन्स र ट्रकले ठाेक्किँदा ६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
२९ पटक हेरिएको
Shares
एम्बुलेन्स र ट्रकले  ठाेक्किँदा ६ जनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • विमारी बोकेका एम्बुलेन्सलाई ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ।
  • आइतार राति विरानगरबाट बिमारी लिएर उदयपुर फर्किँदै गरेको एम्बुलेन्सलाई ट्रकले सुनसरीको हरिपुरमा ठक्कर दिँदा सात जनाको मृत्यु भएको हो।

काठमाडौं। विमारी बोकेका एम्बुलेन्सलाई ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ। आइतार राति विरानगरबाट बिमारी लिएर उदयपुर फर्किँदै गरेको एम्बुलेन्सलाई ट्रकले सुनसरीको हरिपुरमा ठक्कर दिँदा सात जनाको मृत्यु भएको हो। 

प्रहरीका अनुसार बिराटनगरमा उपचारको क्रममा उदयपुर त्रिगुया नगरपालिकाकी ८५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि मृतक राईको अन्तिम संस्कार गर्न परिवारका सदस्यले घर लिएर आउँदै थिए। घर फर्किने क्रममा सुनसरीको हरिपुर भन्ने ठाउँमा ट्रकले ठक्कर दिँदा एम्बुलेन्समा रहेका मृतक शिवमाया राई सहित सात जनाको मृत्यु भएको हो। 
मृत्यु हुनेमा एम्बुलेन्स चालक त्रियुवा नगरपालिकाका राजेश दनुवार, सोही ठाउँमा दुर्गाधर राई (३४), टेकेन्द्र राई (२८), तुलबहादुर राई (५०), मुशेक राई (३५) र दिनेश राई (३२) रहेका छन्। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएपनि ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?