वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • दमौली, २४ माघ, तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पुर्पक्षका लागि थुनामा छन् ।
  • सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
  • पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको निवेदन इलाका प्रहरी कार्यालयमा दिएपछि फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।

दमौली, २४ माघ, तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पुर्पक्षका लागि थुनामा छन् ।सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

पीडित महिलाले गत मङ्सिर ६ गते वडाध्यक्ष रेग्मीले आफूलाई बलात्कार गरेको निवेदन इलाका प्रहरी कार्यालयमा दिएपछि फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।

कुटपिटमा संलग्न तीन पक्राउ

तनहुँको घिरिङ गाउँपालिका–३ डाँडाथोकमा कुटपिटको अभियोगमा तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका १७ वर्षीय सुजन आले, १९ वर्षीय मनोज राना र २८ वर्षीय सन्तबहादुर थापा छन् ।

डाँडाथोकमा विवाहको भोजमा भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाका युवाबीच झगडा भएकामा भिमाद नगरपालिका–४ बस्ने १४ वर्षीय निशान रानासमेतलाई कुटपिट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालय जनाएको छ । कुटपिटबाट घाइते चारको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रितको शतकमा नेपालले सिंगापुरलाई विशाल रन अन्तरले हरायो
रितको शतकमा नेपालले सिंगापुरलाई विशाल रन अन्तरले हरायो
वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुआत
वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुआत
राेचक : ८२ वर्षीया दाजुले ७० वर्षीया बहिनीको गरे हत्या
राेचक : ८२ वर्षीया दाजुले ७० वर्षीया बहिनीको गरे हत्या
जब निर्मलाको हत्यापछि अम्बाको बोट काटियो…
जब निर्मलाको हत्यापछि अम्बाको बोट काटियो…
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
दलीय आधारमा न्यायमूर्तिहरुको भागबन्डा
दलीय आधारमा न्यायमूर्तिहरुको भागबन्डा
सल्यानबाट सिन्धुपाल्चोक पुगेका दुई शिक्षकमा कोरोना
सल्यानबाट सिन्धुपाल्चोक पुगेका दुई शिक्षकमा कोरोना
बौद्ध  दर्शन विस्तार सेवा समाज कपन द्वारा बाडी पिडितको लागि नगद सहयोग !
बौद्ध दर्शन विस्तार सेवा समाज कपन द्वारा बाडी पिडितको लागि नगद सहयोग !
देउवाविरुद्ध सानेपामा पौडेल समूहको बैठक, निर्णय सच्याउन पत्राचार गरिने
देउवाविरुद्ध सानेपामा पौडेल समूहको बैठक, निर्णय सच्याउन पत्राचार गरिने
१३ औंँ साग : ब्याडमिण्टनको सेमीफाइनल समीकरण पूरा, नेपाल कास्यमा
१३ औंँ साग : ब्याडमिण्टनको सेमीफाइनल समीकरण पूरा, नेपाल कास्यमा

तपाईंले छुटाउनुभयो कि?