ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०८०
|
|
५७ पटक हेरिएको
Shares
ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै

सारांश

  • डुम्रे ।
  • निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ ।
  • निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् ।

डुम्रे । निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् ।

सङ्घीय सरकारको रु पाँच करोड २१ लाखमा उत्तम भट्टराई सञ्चालक रहेको ओम इन्फ्राटेक÷भीम ज्योति जेभीसित भवन निर्माणको सम्झौता भएको थियो । अठार महिनामा भवन निर्माण सम्पन्न गर्ने गरी २०७८ असोज २२ गते सो सम्झौता भएको हो ।

विसं २०७९ चैतमा भवन निर्माण सक्नुपर्ने थियो । ठेकेदार सम्पर्कविहीन भएपछि भवन निर्माणको काम अधेरै रहेको कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले जानकारी दिए । निर्माणको काम रोकिएपछि ठेकेदारलाई पटक–पटक सम्पर्क गर्दा सम्पर्कसमेत हुन नसकेको उनले बताए । “निर्माणको समय सकिएपछि छ महिनाका लागि म्याद थप गरिएको छ, तर ठेकेदार हालसम्म सम्पर्कमा नै आएका छैनन, म्याद थप गरिएको पनि दुई महिना बितिसकेको छ, अझै सम्पर्कमा आएका छैनन्”, उनले भने ।

ठेकेदारलाई हालसम्म तीनपटक पत्राचार गरिएको छ । “फोन सम्पर्क भएको छैन, पत्र इमेलमार्फत पठाएका छौँ, अब पनि सम्पर्कमा आएन भने कानुनी उपचार खोज्छौँ”, पराजुलीले भने, “समयमा काम सम्पन्न नगर्ने र सम्पर्कमा आएन भने कालोसूचीमा राख्न वा कम्पनी खारेजको मागसहित पत्रचार गर्ने तयारीमा छौँ ।”

समयमा भवन निर्माण भएको खण्डमा सेवाग्राहीलाई सेवा प्रवाहमा सहज हुने प्रमुख पराजुलीले बताए । कर सेवा प्रवाह गर्दा सेवाग्राहीलाई लामो समय उभिएर बस्नुपर्ने बाध्यता रहेको उनले बताए । कार्यालयको भवन निर्माण सम्पन्न भएको खण्डमा सेवाग्राहीलाई सहजरूपमा सेवा प्रवाह तथा सेवाग्राहीलाई बस्ने व्यवस्था गर्न सकिने उहाँले बताए ।

(https://basicbluesnation.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसामु बस्ती हस्तान्तरणको प्रस्ताव
प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसामु बस्ती हस्तान्तरणको प्रस्ताव
भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग
भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग
विद्यालय पुनर्निर्माणमा ढिलाइका कारण बालबालिकाको पढाइ प्रभावित
विद्यालय पुनर्निर्माणमा ढिलाइका कारण बालबालिकाको पढाइ प्रभावित
व्यापारिक साम्राज्यदेखि संसदीय यात्रासम्म: नीतिगत सुधारको अवसर कि स्वार्थको टकराव?
व्यापारिक साम्राज्यदेखि संसदीय यात्रासम्म: नीतिगत सुधारको अवसर कि स्वार्थको टकराव?
ललितपुर-१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा
ललितपुर-१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा
बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस : प्रधानमन्त्री
बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस : प्रधानमन्त्री
पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु
पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु
साउदी अरबमा मनाइयो प्रजातन्त्र दिवस
साउदी अरबमा मनाइयो प्रजातन्त्र दिवस
‘भ्रष्टारीलाई जोगाउन दौडधुप नगरौँ’
‘भ्रष्टारीलाई जोगाउन दौडधुप नगरौँ’
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत