वडा अध्यक्षकाे धारिलाे हतियार प्रहारले ४ जना गम्भिर घाईते

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
४९ पटक हेरिएको
Shares
वडा अध्यक्षकाे धारिलाे हतियार प्रहारले ४ जना गम्भिर घाईते

सारांश

  • अभिमनु कुमार पटेल, रौतहट, १० असार।
  • वडाअध्यक्षले पुरानो रिसिइबीले सडक विस्तारको नाममा आफ्नो वडाका एकै परिवारका ४ जना माथी धारिलो हतियार प्रहार गरेका छन ।
  • रौतहटको बौधिमाई नगरपालिकाको वडा नं ७ का वडा अध्यक्ष बिजय कुशवाहाले सडक विस्तार गर्नको लागि आफ्नो बिपक्षीको जग्गामा जर्बजस्ती डोजर चलाएर खेतबाट माटो खनिएको बिषयमा विवाद हुँदा धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएका छन ।

अभिमनु कुमार पटेल, रौतहट, १० असार। वडाअध्यक्षले पुरानो रिसिइबीले सडक विस्तारको नाममा आफ्नो वडाका एकै परिवारका ४ जना माथी धारिलो हतियार प्रहार गरेका छन ।

रौतहटको बौधिमाई नगरपालिकाको वडा नं ७ का वडा अध्यक्ष बिजय कुशवाहाले सडक विस्तार गर्नको लागि आफ्नो बिपक्षीको जग्गामा जर्बजस्ती डोजर चलाएर खेतबाट माटो खनिएको बिषयमा विवाद हुँदा धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएका छन ।

वडाअध्यक्षको बिपक्षी भएको कारणले खेत अगाडि सडक बिस्तार गर्न कागजाती हिसाबले पनि सबै ठाउँ भन्दा बढी चौडा रहेको भनी जग्गा धनी शिव गोबिन्द कुशवाहाले १ महिना अगाडि रोक लगाएका थिए । रोक्काको लागि जिल्ला अदालत बाट आदेश पत्र पठाई सो विवादीत कामलाई हेर्नका लागि प्रहरी चौकी बंकुलको प्रहरी पूर्व ईन्चार्ज दिनानाथ यादबको नेतृत्वमा खटाईएको थियो ।

तर त्यो बेला पनि वडाअध्यक्ष कुशवाहाले कुनै वास्ता नगरी ईन्चार्ज यादव समेत सँग झगडा गरेको पीडित गोबिन्दले बताए । केही दिन यता देखि सडक विस्तार कार्य धेरै विवाद पश्चात रोकिएको थियो पून सोही बिषयलाई लिएर शनिबार सडक ढलाईको वेला पीडित शिव गोबिन कुशवाहा विवाद मिलाएपछि मात्र काम अगाडी बढाउनु होला भन्न खोज्दा वडाअध्यक्ष कुशवाहाले आफ्नो ५० जनाको समूहमा आएर शिव गोविन्द कुशवाहा, महानन्द कुशवाहा, रामेश्वर कुशवाहा लगायत ४ जनालाई धारिलो हतियार प्रहार गरि ज्यान लिने गरी टाउ र शरीरको विभिन्न भागमा गम्भिर घाउ बनाएको पीडित कुशवाहाले बताएका छन ।

वडाअध्यक्ष बिजय कुशवाहा गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका हुन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mohan Sah

    यो सिङ दरबारको सरकार एकलौटी जातिवाद को राजनैती साथ दादागिरी भएको छ। त्यो पनि तराइमा मात्र ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?