श्रमिकको हकहित संरक्षण गर्न नेपालको आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
३९ पटक हेरिएको
Shares
श्रमिकको हकहित संरक्षण गर्न नेपालको आग्रह

सारांश

  • काठमाडौँ ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आप्रवासी नेपाली श्रमिकको हकहित संरक्षणका लागि सम्बन्धित देशको सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
  • संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा भएको सरकार प्रमुखहरुको ‘वर्ल्ड गभरमेन्ट समिट’मा नेपालका तर्फबाट सम्बोधन गर्दै उनले नेपाली श्रमिकहरुले विभिन्न बहानामा समस्या भोगिरहेकाले उनीहरूको सुरक्षा र संरक्षणमा सम्बन्धित देशका प्रमुखहरूले ध्यान दिनुपर्ने बताएका हुन् ।

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आप्रवासी नेपाली श्रमिकको हकहित संरक्षणका लागि सम्बन्धित देशको सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा भएको सरकार प्रमुखहरुको ‘वर्ल्ड गभरमेन्ट समिट’मा नेपालका तर्फबाट सम्बोधन गर्दै उनले नेपाली श्रमिकहरुले विभिन्न बहानामा समस्या भोगिरहेकाले उनीहरूको सुरक्षा र संरक्षणमा सम्बन्धित देशका प्रमुखहरूले ध्यान दिनुपर्ने बताएका हुन् ।

चार दिनसम्म सञ्चालन भएको सम्मेलनमा सचिव अर्यालले नेपालको नेतृत्व गरेको श्रम मन्त्रालयले जनाएको छ । मध्य एसियाली देशहरूमा केन्द्रित रहेर श्रम बजारको अवस्था तथा श्रमिकका हकहितका सम्बन्धमा समूहगत रूपमा भएको छलफल कार्यक्रममा सचिव अर्यालले दिगो विकास, सेवा प्रवाहमा नवीनतम प्रयोग, श्रम बजार, नयाँ प्रविधि, जलवायु परिवर्तनलगायत विषयमा आफ्नो धारणा राखेका थिए ।

उनले आप्रवासी नेपालीहरूको हकहित संरक्षणमा जोड दिँदै नेपालले हालै वैदेशिक रोजगारका क्षेत्रको सेवा प्रवाहमा गरेको प्रविधिको प्रयोग, सामाजिक सुरक्षामा सबै नेपाली श्रमिकहरूको आबद्धता, न्यायोचित भर्ना, भर्ना प्रक्रियामा देखिएका अनियमितता हटाउने, नेपाली श्रमिकहरूको सामाजिक सुरक्षाका विविध विषयहरूमा गन्तव्य मुलुकका सरकारहरूले ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा सचिव अर्यालले नेपाली श्रमिकका समस्या र समाधानका लागि युएईका मानव संसाधन मन्त्री डा। अब्दुलरहमान अल अवर र कतार सरकारका मानव संसाधन मन्त्री र सचिव र आइएलओका महानिर्देशक गिल्बर्ट होङबोसँग पनि भेटवार्ता गरेको बताइएको छ ।

यही फेब्रुअरी १२ देखि १५ सम्म सञ्चालन भएको वसो समिटमा ९० भन्दा बढी देशहरूको सहभागिता थियो । समिटमा नेपालका तर्फबाट श्रम मन्त्रालयका सचिव अर्यालको नेतृत्वमा युएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकाल र मन्त्रायका उपसचिव कविराज उप्रेतीको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्रोत मुलुकहरूबीच श्रमिकहरूका समस्याका विषयमा साझा धारणा निर्माण गर्न बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनामका श्रम मन्त्रीहरू र नेपाल सरकारका सचिवबीच समेत बैठक भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
संसद बिघटनविरुद्ध आन्दोलनः प्रधानमन्त्री ओलीको पुत्ला दहन
संसद बिघटनविरुद्ध आन्दोलनः प्रधानमन्त्री ओलीको पुत्ला दहन
प्रचण्डलाई बाबुरामको प्रश्न :प्रिय कामरेड ३० किलो मालाको राजनीतिक अर्थशास्त्र के हो ?
प्रचण्डलाई बाबुरामको प्रश्न :प्रिय कामरेड ३० किलो मालाको राजनीतिक अर्थशास्त्र के हो ?
करिडोरले फेरियो कालापानीको मुहार
करिडोरले फेरियो कालापानीको मुहार
आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना
आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’  स्वीकृत,
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ स्वीकृत,
कोरोना कोषमा सांसद महेश बस्नेतको १ महिनाको पारिश्रामिक
कोरोना कोषमा सांसद महेश बस्नेतको १ महिनाको पारिश्रामिक
Salman Khan gets emotional after watching Salim Khan’s message on ‘Dus Ka Dum 3’
Salman Khan gets emotional after watching Salim Khan’s message on ‘Dus Ka Dum 3’
Mostbet Uzbekistan Официальный Сайт Спортивных Ставок И Онлайн-казино Uz 202
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुः शिक्षामन्त्री पोखरेल
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुः शिक्षामन्त्री पोखरेल