बारा-२ उपनिर्वाचनः जसपा अध्यक्ष यादव विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १३, २०८०
|
|
२३ पटक हेरिएको
Shares
बारा-२ उपनिर्वाचनः जसपा अध्यक्ष यादव विजयी

सारांश

  • बारा।
  • बारा क्षेत्र नं.
  • २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी (जसपा)का उपेन्द्र यादव विजयी भएका छन्।

बारा। बारा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी (जसपा)का उपेन्द्र यादव विजयी भएका छन्। यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्दै विजयी भएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

उनका निकटम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गरे। यादवले कुशवाहालाई ५ हजार ८१ मत अन्तरले पराजित गरेका हुन्।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गरे।

बारा-२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो। यसअघि बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यस क्षेत्रमा उपनिर्वाचन भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?