नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख भ्याक्सिन दिन रुस तयार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १३, २०७७
|
|
४० पटक हेरिएको
Shares
नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख भ्याक्सिन दिन रुस तयार

सारांश

  • विश्वको पहिलो कोभिड(१९ भ्याक्सिन नेपालमा आउने बाटो खुलेको छ ।
  • रुसी भ्याक्सिन स्पुतनिक(भी २ करोड ५० लाख डोज दिन भ्याक्सिन निमार्ता कम्पनि सहमत भएपछि बाटो खुलेको हो ।
  • स्पुतनिक(भीले प्रेस विज्ञप्तिमार्फत् दी रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड, रसियाज सोभरेन वेल्थ फन्ड र नेपालको औषधि वितरक कम्पनि ट्रिनिटी फार्मासिटिकल्सबीच भ्याक्सिन आपूर्ति गर्ने सम्झौता भएको जनाएको छ ।

विश्वको पहिलो कोभिड(१९ भ्याक्सिन नेपालमा आउने बाटो खुलेको छ । रुसी भ्याक्सिन स्पुतनिक(भी २ करोड ५० लाख डोज दिन भ्याक्सिन निमार्ता कम्पनि सहमत भएपछि बाटो खुलेको हो ।

स्पुतनिक(भीले प्रेस विज्ञप्तिमार्फत् दी रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड, रसियाज सोभरेन वेल्थ फन्ड र नेपालको औषधि वितरक कम्पनि ट्रिनिटी फार्मासिटिकल्सबीच भ्याक्सिन आपूर्ति गर्ने सम्झौता भएको जनाएको छ । यो सम्झौतासँगै नेपालको ९० प्रतिशत जनसंख्यामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहुँच पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

रुसी भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मान्यता भने दिइसकेको छैन । डब्लुएचओले यसको प्रभावकारिता र सुरक्षाको सुनिश्चितता भएपछि मात्र मान्यता दिने स्पष्ट पारेको छ । तर, ५० भन्दा बढी मुलुकहरुले रुसी भ्याक्सिन प्रयोग गर्ने तत्परता देखाएका छन् ।

रुसको गेमेलियाद्वारा विकास गरिएको भ्याक्सिन रुसमा प्रयोगमा ल्याइँदैछ । रुसले उक्त भ्याक्सिनको दोस्रो चरणको परीक्षणपछि तेस्रो चरणको परीक्षण हुँदै गर्दा ११ अगष्टमा दर्ता अनुमति दिएको थियो ।

पहिलो र दोस्रो चरणको परीक्षणपछि भ्याक्सिन प्रभावकारी र उपयोगी भएको रिसर्च पेपरमा ४ सेप्टेम्बरमा तथ्य प्रकाशित गरिएको थियो । द लान्सेट नामको जर्नलले यसबारे विस्तृत जानकारी दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस महासमिति बैठकस्थल केही बेर तनावग्रस्त
काँग्रेस महासमिति बैठकस्थल केही बेर तनावग्रस्त
बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन
बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन
कसरी असफल भयो देशभर माओवादी कांग्रेसबीचको चुनावी तालमेल, कसले गरायो यस्तो तालमेल?
कसरी असफल भयो देशभर माओवादी कांग्रेसबीचको चुनावी तालमेल, कसले गरायो यस्तो तालमेल?
सिरिन्ज आतंक फैलाउने सन्तोष कार्की छुटे, अभद्र व्यवहार गरेको भन्दै फेरि पक्राउ परे
सिरिन्ज आतंक फैलाउने सन्तोष कार्की छुटे, अभद्र व्यवहार गरेको भन्दै फेरि पक्राउ परे
साझेदारीमा बिजनेस नगर्नुस्-अलिबाबा का ceo ज्याक मा
साझेदारीमा बिजनेस नगर्नुस्-अलिबाबा का ceo ज्याक मा
प्रधानमन्त्री ओलीले यसरी सम्झिए फाल्गुनन्दलाई
प्रधानमन्त्री ओलीले यसरी सम्झिए फाल्गुनन्दलाई
भूकम्पपछि सम्पर्कमा आएका ३० नेपाली सुरक्षित
भूकम्पपछि सम्पर्कमा आएका ३० नेपाली सुरक्षित
महराको पहलमा गाउँ नै झिलिमिली, स्थानीयले चलाउने उद्योगधन्दा
महराको पहलमा गाउँ नै झिलिमिली, स्थानीयले चलाउने उद्योगधन्दा
यसरी निलेकाे कुकुर निकाल्याे अजिंगरले !(भिडियाे)
यसरी निलेकाे कुकुर निकाल्याे अजिंगरले !(भिडियाे)
अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता,राष्ट्रपतिको निर्वाचनबारे छलफल
अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता,राष्ट्रपतिको निर्वाचनबारे छलफल