वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही समस्यामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०८०
|
|
२९ पटक हेरिएको
Shares
वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही समस्यामा

सारांश

  • कास्की ।
  • कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ को कार्यालयमा तालाबन्दी गरिएको छ ।
  • सोही वडाका वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको भन्दै नेकपा (एमाले) ले वडा कार्यालयमा आज बिहानदेखि तालाबन्दी गरेको थियो ।

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ को कार्यालयमा तालाबन्दी गरिएको छ ।

सोही वडाका वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको भन्दै नेकपा (एमाले) ले वडा कार्यालयमा आज बिहानदेखि तालाबन्दी गरेको थियो । तालाबन्दीका कारण सेवाग्राही समस्यामा परेका छन् । असार मसान्तमा योजनाको भुक्तानी सिफारिसदेखि विभिन्न कामको चाप हुने समयमा तालाबन्दीका कारण सेवाग्राही समस्यामा परेका हुन् ।

नेकपा(एमाले) वडा कमिटी ८ र ९ ले संयुक्त रुपमा वडामा तालाबन्दी गरेका हुन् । गत असार १६ गते वडाध्यक्ष गुरुङले खोराकोमुख–उपल्लो इदीखोला सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेको आरोप लागेको छ ।

पीडित भण्डारीले वडाध्यक्षमाथि कानुनी कारबाहीका लागि सोही दिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको छ । वडाध्यक्षमाथि पीडितले कानुनी कारबाहीका लागि प्रशासनमा उजुरी गरे पनि हालसम्म दोषीलाई कारबाही नभएपछि तालाबन्दी गरिएको नेकपा(एमाले) माछापुच्छ्रे गाउँपालिका कमिटीका अध्यक्ष विक्रम गुरुङले बताए ।

राज्यशक्तिको आडमा वडाध्यक्षले पटकपटक दुव्र्यवहारका घटना घटाउँदा कारबाही नभएको उनको भनाइ छ । वडाध्यक्ष गुरुङले यसअघि गत फागुन दोस्रो साता आफ्नै वडाका कर्मचारीमाथि हातपात गरेको आरोप लागेको थियो । अध्यक्ष गुरुङले भने, “कुटपिटपछि प्रहरीमा निवेदन दिँदासमेत प्रहरीले जाहेरी लिन मानेनन् । दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएर सुरक्षाको प्रत्याभूति नहुँदासम्म तालाबन्दी खुल्दैन ।”

वडाध्यक्ष गुरुङले भने सामान्य भनाभन भएको विषयलाई राजनीतिकरण गरेर उचालिएको बताए । आफूले सडक योजनाको काममा ढिलाइ भएपछि चासो दिए पनि कुटपिट नगरेको उनको दाबी छ । उनले भने, “आर्थिक वर्षको अन्त्यसम्म पनि काम नसकिने देखेपछि चासो दिएको पक्कै हो । बारम्बार ताकेता गर्दा पनि काम भएन । पछि बाहिर सुन्दा आफ्नो मनखुसीले अर्कोलाई ठेक्का दिएको सुने । के भएको भनेर सोधपुछ गरेको हो, कुटपिट गरेको छैन ।”

पीडित भण्डारीले आफू टिपर बनाउन वर्कसपमा रहेका बेला वडाध्यक्ष गुरुङले किन काम समयमै सम्पन्न नगरेको भन्दै एक्कासी हातपात गरेको बताए । आफ्नो ज्यानको असुरक्षा भएकाले आफूले निर्माणस्थलमा पुगेर काम गर्ने वातावरण नभएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !
कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
गुड्ने मिनी अस्पताल नेपालमा !
गुड्ने मिनी अस्पताल नेपालमा !
प्रचण्डको स्पष्टीकरण  हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
प्रचण्डको स्पष्टीकरण हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै
१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै
इजरायलमा यहुदीहरुले किन मनाउँछन् ‘होली’ ?
इजरायलमा यहुदीहरुले किन मनाउँछन् ‘होली’ ?
सत्तारुढ र प्रतिपक्षी नेता एकैसाथ किन शीतल निवासमा ?
सत्तारुढ र प्रतिपक्षी नेता एकैसाथ किन शीतल निवासमा ?
निधीले राजीनामा दिएपछि गृह मन्त्रालय हालसम्म नेतृत्वविहीन
निधीले राजीनामा दिएपछि गृह मन्त्रालय हालसम्म नेतृत्वविहीन
विप्लव समूहलाई सरकारमा लाने ओलीको तयारी
विप्लव समूहलाई सरकारमा लाने ओलीको तयारी

तपाईंले छुटाउनुभयो कि?