जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य

सारांश

  • मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यू, माननीय मन्त्रीज्यूहरु, प्रदेश नम्बर २ का माननीय मुख्यमन्त्रीज्यू, संसदका माननीय सदस्यज्यूहरु, जनकपुर उपमहानगरका प्रमुखज्यू, भारतीय भ्रमणदलका विशिष्ट सदस्यज्यूहरु, संचारकर्मी मित्रहरु, यहाँ ठूलो संख्यामा उपस्थित भद्रमहिला तथा सज्जनवृन्दहरु, नेपाल सरकार र नेपाली जनताको तर्फबाट र मेरो आफ्नै तर्फबाट मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री एवं भ्रमणदलका विशिष्ट सदस्यहरुलाई यस ऐतिहासिक नगरी जनकपुरधाममा स्वागत गर्ने अवसर पाउँदा खुशी व्यक्त गर्दछु ।
  • महामहिमज्यू, हामी यहाँ र यहाँको प्रतिनिधिमण्डललाई नेपाल र जनकपुरमा हृदयदेखि नै स्वागत गर्न चाहन्छौं ।
  • नेपाल र भारतले परापूर्व कालदेखि नै मित्रतापूर्ण सम्बन्धलाई निरन्तरता दिएका छौं ।

मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यू,
माननीय मन्त्रीज्यूहरु,
प्रदेश नम्बर २ का माननीय मुख्यमन्त्रीज्यू,
संसदका माननीय सदस्यज्यूहरु,
जनकपुर उपमहानगरका प्रमुखज्यू,
भारतीय भ्रमणदलका विशिष्ट सदस्यज्यूहरु,
संचारकर्मी मित्रहरु, यहाँ ठूलो संख्यामा उपस्थित
भद्रमहिला तथा सज्जनवृन्दहरु,

नेपाल सरकार र नेपाली जनताको तर्फबाट र मेरो आफ्नै तर्फबाट मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री एवं भ्रमणदलका विशिष्ट सदस्यहरुलाई यस ऐतिहासिक नगरी जनकपुरधाममा स्वागत गर्ने अवसर पाउँदा खुशी व्यक्त गर्दछु ।

महामहिमज्यू, हामी यहाँ र यहाँको प्रतिनिधिमण्डललाई नेपाल र जनकपुरमा हृदयदेखि नै स्वागत गर्न चाहन्छौं ।

नेपाल र भारतले परापूर्व कालदेखि नै मित्रतापूर्ण सम्बन्धलाई निरन्तरता दिएका छौं । हाम्रा सम्बन्धहरु प्राग् ऐतिहासिक कालदेखि जनताको जीवन पद्दतिसँगै जोडिएका छन् । हामी सभ्यता, संस्कृति, इतिहास र भुगोलबाट अन्तर सम्बन्धित र जोडिएका छौं । हाम्रो सभ्यताको शुरुआतसँगै हाम्रो प्रगाढ मित्रताको सम्बन्ध विकसित हुँदै आएको वास्तविकतालाई हामी कहिल्यै भूल्न सक्दैनौं ।

महामहिमज्यू,
यस जनकपुर शहरले हाम्रो मित्रताको उचाइ बढाउन खेलेको भूमिका बारे यहाँ स्वयं जानकार हुनुहुन्छ । जनकपुर शहर, राजर्षी जनकको भूमि हो । महर्षी यज्ञवल्क्यको पाठशाला हो । गार्गि, मैत्रेयी, माधवी, श्रुत्रीकृती र अन्य विदूषीहरुले विद्वता प्रदर्शित गरेको ऐतिहासिक थलो हो । अझ महत्वपूर्ण कुरा, जनकपुर जानकीको जन्मस्थलको रुपमा सुपरिचित रहँदै आएको ऐतिहासिक स्थल हो । यो ऐतिहासिक नगरीले हामी दुईबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भविष्यमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्दछु ।

शताव्दी पहिले रामायण युगमा, यस शहरद्वारा बांधिएको सुदृढ सामाजिक सम्बन्ध हाम्रो द्वीपक्षीय सम्बन्धको एक महत्वपुर्ण पक्षको रुपमा रहिआएको छ ।

यस शहरले मातृशक्तिलाई आदर र सम्मान गर्ने परम्पराको प्रतिनिधित्व गर्दछ

महामहिमज्यू,
हामी नेपाली जनता खासगरी जनकपुरवासीले भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदी जी जस्तो प्रखर वौद्धिक तथा विशिष्ट व्यक्तित्वको जनकपुर जस्तो ऐतिहासिक नगरीमा स्वागत गर्न पाएका छौं ।

नेपाल र भारतका बीच रहेको हार्दिक र मित्रवत सम्बन्धको विषयमा केही शब्दहरु व्यक्त गर्न पाउँदा खुसी छु । जनस्तरको सम्बन्ध, भ्रातृत्वको अनुभूति, राष्ट्रिय स्वाभिमानको सम्मान, पारस्पारिक समझदारी र सुभेच्छा हाम्रा सम्बन्धका आधारशिला हुन् । हाम्रो खुल्ला सिमानाले जनस्तरको सम्बन्धलाई निकट बनाएको छ । हामी एक अर्काको सामिप्यतालाई वोध गर्दर्छौ र एक अर्काका संवेदनशिलताप्रति सचेत छौं।

महामहिमज्यू,
हालका वर्षहरुमा खासगरी महामहिमज्यूको प्रधानमन्त्रीत्वमा मित्रराष्ट्र भारतले विकासका सबै क्षेत्रहरुमा उल्लेख्य प्रगति हासिल गरेको छ । हालै सम्पन्न निर्वाचन पछि नेपाल पनि शान्ति, स्थायित्व र सम्वृद्धिको मार्गमा अघि बढ्दै संविधानको प्रभावकारी कार्यान्‍वयनको मार्गमा अग्रसर भएको विषय प्रस्तुत गर्न पाउँदा हामीलाई खुसी लागेको छ । राजनीतिक मुद्दाहरुको समाधान सँगै मुलुकको विकास र जनताको सम्वृद्धिको काममा हामी पूर्णतः केन्द्रित छौं । यस सन्दर्भमा हाम्रा विकासका प्रयासहरुमा हाम्रो अनन्य मित्रराष्ट्र भारतको सुभेच्छा, समझदारी र सहयोगको अझ बढी आवश्यकता छ ।

हामी महामहिमज्यूको सन् २०१४ मा भएको भ्रमणको स्मरण गर्दछौं। महामहिमज्यूद्वारा नेपाल भारत सम्बन्धका विषयमा व्यक्त गर्नुभएको सोच विचार युक्त भनाईहरु हाम्रो हृदयमा ताजै छन् । चार वर्षभन्दा कम समयमा तेस्रोपटकको भ्रमणले हाम्रो युगदेखिको सम्बन्धलाई अझ बढी सुदृढ बनाउँदै दुवै देश र जनताको पारस्परिक हितलाई नयाँ उचाइमा पुर्‍याउने छ ।हामी अतितमुखी भएर होइन, भविष्यमुखी भएर अगाडि बढ्न चाहन्छौं ।

हाम्रा दुवै देशका प्रधानमन्त्रीज्यूहरूबाट आजै शुभारम्भ भएको राम र जानकीको प्रतीकका रुपमा रहेका जनकपुर र अयोध्या विच सिधा बस सेवा तथा “रामायण वृत्तपथ”ले हुनुले दुई देश र दुई शहरको जनस्तरको सम्बन्ध र सांस्कृतिक सम्बन्धको विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने छ ।

महामहिमज्यू,
नेपाल सरकार, नेपाली जनता र मेरो आफ्नै तर्फबाट यहाँ र यहाँको प्रतिनिधि मण्डलको नेपाल बसाईं आनन्ददायी र स्मरणीय रहोस् भन्ने सुभेच्छा व्यक्त गर्दछु। धन्यवाद ।

(रक्षामन्त्री ईश्वर पोखरेलद्वारा मित्रराष्ट्र भारतका प्रधानमन्त्री  श्री नरेन्द्र मोदीको स्वागतमा व्यक्त मन्तव्य, बाह्रविघा, जनकपुर)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Mohan Sah

    दङ भय होला इश्वर जि ।

    Comment Author

    Shrestha Prem

    दलिय शासन कालमा सुरक्षा निकाय निकम्मा भयो , भाषण शासन उस्तै हो । कुन ROE बोकेर नेपाल छिरे भारती य सेना ? एउटा सेना काम गरिरहेको , द्वन्द समाप्त भएको देशमा अन्यत्र देशको सेना एउटै अर्थमा आउन सक्छ त्यो हो अभ्यास वा तालिम ! भारतीय सेना तालिमको लागि आएको हो ? कि अभ्यास ? सुरक्षाको खातिर हतियार धारी सेना आउने भनेको नेपाली सेनाको अस्तित्व माथी प्रश्न चिन्न खडा गराउनु हो

    नेपाली सेन शान्ति शैनिकको रुपमा विश्वको छुट्टाछुट्टै एक दर्जन भन्दा धेरै थाउमा कार्यरत छ्न ।

    कंगो २
    लेबन १
    सिरिया २
    दक्षिण सुडान २
    उत्तर सुडान १
    माली १
    कार १
    लाइबेरिय १
    इराक २

    वार्षिक ४००० हजार भन्दा धेरै नेपाली सेना शान्ति शैनिकमा कार्यरत नेपालमा भने भरतीय सेना ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?