८८ किलो सुन प्रकरणमा लैनचौरका डिएसपीलाई स्पष्टीकरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
८८ किलो सुन प्रकरणमा लैनचौरका डिएसपीलाई स्पष्टीकरण

सारांश

  • काठमाडौं ।
  • ८८ किलो सुन बरामदको घटनामा असहयोगी भूमिका खेलेको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेललाई महानगरीय प्रहरी परिसरले स्पष्टीकरण सोधेको छ ।
  • सुनबारे सूचना पाएर पनि बरामद गर्न चासो नदेखाएको भन्दै महानगरीय प्रहरी कार्यालयको निर्देशनमा परिसरले स्पष्टीकरण सोधेको हो ।

काठमाडौं । ८८ किलो सुन बरामदको घटनामा असहयोगी भूमिका खेलेको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेललाई महानगरीय प्रहरी परिसरले स्पष्टीकरण सोधेको छ ।

सुनबारे सूचना पाएर पनि बरामद गर्न चासो नदेखाएको भन्दै महानगरीय प्रहरी कार्यालयको निर्देशनमा परिसरले स्पष्टीकरण सोधेको हो । गत सोमबार बिहान क्षेत्रपाटीबाट महानगरीय अपराध महाशाखाले ८८ केजी सुन बरामद गरेको थियो ।

त्यसबारे महानगरीय प्रहरी कार्यालयले पहिले नै लैनचौर वृत्तलाई खबर गरी बरामद गर्न निर्देशन दिएको थियो । तर, डिएसपी पोखरेलले त्यसमा गम्भीरता नदेखाएको भन्दै स्पष्टीकरण सोधिएको परिसरका एक अधिकारीले बताए ।

पोखरेल गत महिना मात्र वृत्तमा सरुवा भएका थिए । सुनका मालिक मानिएका चिनियाँ नागरिक पनि प्रहरीबाटै सूचना पाएर भागेको आशंका गरिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Khenpo Tenzin Sangpo

    He must be tbe involved in this smuggling. He should be arrested.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?