इजरायलमा यहुदीहरुले किन मनाउँछन् ‘होली’ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
इजरायलमा यहुदीहरुले किन मनाउँछन् ‘होली’ ?

सारांश

  • नेपालका पहाडी तथा हिमाली जिल्लामा विहिवार मनाइएको होलीपर्व तराई क्षेत्रमा भने शुक्रवार मनाइएको छ ।
  • नेपाल तथा भारतका विभिन्न स्थानमा मनाइने होलीपर्व जस्तै ‘पुरिम’पर्व इजरायलमा पनि शुक्रवार मनाइएको छ ।
  • यहुदीविरुद्ध भएको अत्याचार माथी प्राप्तभएकोे विजयको प्रतिकको रुपमा वर्षौदेखि इजरायलमा ‘पुरिम’पर्व मनाइदै आएको छ ।

नेपालका पहाडी तथा हिमाली जिल्लामा विहिवार मनाइएको होलीपर्व तराई क्षेत्रमा भने शुक्रवार मनाइएको छ । नेपाल तथा भारतका विभिन्न स्थानमा मनाइने होलीपर्व जस्तै ‘पुरिम’पर्व इजरायलमा पनि शुक्रवार मनाइएको छ । यहुदीविरुद्ध भएको अत्याचार माथी प्राप्तभएकोे विजयको प्रतिकको रुपमा वर्षौदेखि इजरायलमा ‘पुरिम’पर्व मनाइदै आएको छ । मुख्यतःयहुदीहरुको वसोवास रहेका इजरायली भूभागमा‘पुरिम’पर्व मनाइने गरिन्छ ।

यो वर्ष पनि जेरुसेलम बाहेक इजरायलका अधिकांस क्षेत्रमा‘पुरिम’पर्व मनाइएको हो । विहिवारको सूर्यास्तसँगै शुरुभएको यो पर्व शुक्रवारको सुर्योदयहुँदा सम्म धुमधामका साथ मनाइएको छ । इजरायलमा‘पुरिम’पर्वको दिनमा सार्वजनिक विदा नदिइने गरेको भएपनि सरकारी कार्यालय, ब्यापारिक केन्द्र, विद्यालयतथा सम्पूर्णसंस्थाहरु बन्द रहने गरेका छन् । फारसी साम्राज्यका शासक बजिर हामानले यहुदी विरुद्ध चालेका कारवाहीलाई पराजित गरेको अवसरमा यो पर्व मनाइने गरिन्छ ।

साथीभाई तथा आफन्त सँग मिलेर विभिन्न परिकारहरु खाने, रंगीन लुगाकपडा लगाउने तथा सडकमा सामुहिक परेड खेल्ने कार्यहरु यो पर्वका मुख्य विशेषता हुन् । ‘पुरिम’पर्व मनाइने दिनमा इजरायलको माहोल संगीतमय हुने गरेको बताइएको छ ।

(agentrealestateschools.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?