विप्लव समूहलाई सरकारमा लाने ओलीको तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २१, २०७७
|
|
३० पटक हेरिएको
Shares
विप्लव समूहलाई सरकारमा लाने ओलीको तयारी

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव नवलपरासीबाट विहानै सार्वजनिक भए ।
  • उनी सडकमार्ग हुँदै काठमाडौं आइपुग्दैछन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले आज अपरान्ह संयुक्त रुपमा सम्बोधन कार्यक्रम छ ।

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव नवलपरासीबाट विहानै सार्वजनिक भए । उनी सडकमार्ग हुँदै काठमाडौं आइपुग्दैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले आज अपरान्ह संयुक्त रुपमा सम्बोधन कार्यक्रम छ । शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपछि विप्लवको अबको भूमिकाबारे चासो बढेको छ ।

विप्लव समूहलाई प्रधानमन्त्री ओलीले सरकारमा लाने तयारी समेत गरेको बुझिएको छ । त्यसबारे आन्तरिक छलफल चलिरहेको छ ।
ओली विप्लव समूहलाई सरकारमा लान तयार देखिएका छन् । उनलाई शान्ति प्रक्रियामा ल्याउनु विप्लवको ठुलो उपलब्धि मानिएको छ । त्यसकारण पनि उनी विप्लवलाई सरकारमा सामेल गराएर राजनीतिलाई अर्को मोडमा लान चाहिरहेका छन् ।

ओलीको सत्ता डगमगाइरहँदा विप्लव शान्ति प्रक्रियामा आएका हुन् । यसबाट विप्लवको सुरक्षित अवतरण भएको छ । ओलीलाई पनि अप्ठ्यारो परिस्थितिमा राजनीतिक लाभ मिलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?