निधीले राजीनामा दिएपछि गृह मन्त्रालय हालसम्म नेतृत्वविहीन

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २०, २०७४
|
|
६८५ पटक हेरिएको
Shares
निधीले राजीनामा दिएपछि गृह मन्त्रालय हालसम्म नेतृत्वविहीन

सारांश

  • गत आइतबार पदबाट राजिनामा दिएका गृहमन्त्री विमलेन्द्र निधीले आज सरकारी क्वार्टर छाड्दैछन् ।
  • नेपाल प्रहरीको प्रमुख आइजीपी नियुक्तिमा भएको खटपट र प्रधानन्यायाधीश प्रकरणका कारण गृहमन्त्री निधिले पदबाट आइतबार राजिनामा दिएका थिए ।
  • निधीले राजीनामा दिएपछि गृह मन्त्रालय हालसम्म नेतृत्वविहीन छ ।

गत आइतबार पदबाट राजिनामा दिएका गृहमन्त्री विमलेन्द्र निधीले आज सरकारी क्वार्टर छाड्दैछन् ।

नेपाल प्रहरीको प्रमुख आइजीपी नियुक्तिमा भएको खटपट र प्रधानन्यायाधीश प्रकरणका कारण गृहमन्त्री निधिले पदबाट आइतबार राजिनामा दिएका थिए । निधीले राजीनामा दिएपछि गृह मन्त्रालय हालसम्म नेतृत्वविहीन छ ।

निर्वाचनको संघरामा देशको शान्ति सुरक्षाको जिम्मा लिएको मन्त्रालय नै मन्त्रीविहिन भएपछि सुरक्षा चासो बढेको छ । यसअघि भागबन्डाका आधारामा कांग्रेसको भागमा परेको गृहमन्त्रालय निधीको राजिनामापछि कांग्रेसले बुधबारसम्म अरु कसैको नाम सिफारिस गरेको छैन । कांगे्रसभित्र गृहमन्त्रीबाट निधीको बहिर्गमनपछि कसलार्य गृहको नेतृत्व दिने भन्नेमा विवाद देखिएको बताइएको छ । श्रोतहरुका अनुसार गृह खान भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखक, सहरी मन्त्री अर्जुननरसिं केसी, कांग्रेस नेता गोपालमान श्रेष्ठ लगायतले लविङ गरिरहेका छन् । तर, कांग्रेस सभापति देउवाले आफु नजिकको मान्छेलाई मात्रै गृहको जिम्मेवारी दिनेगरी नाम सिफारिस गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बचन दिएको बताइएको छ ।

कांग्रेसभित्रै गृह गृहका आकांक्षी धेरै हुँदा सभापति देउवा आफै अर्निणित भएको देउवा निकटकाहरुले बताएका छन् । आइजीपी नियुक्ति विबादमा मुछिएका देउवाले पुन गृहमन्त्रीका लागि पनि आफ्नै क्षेत्रको रोज्दा थप विवाद हुने भएकाले पनि निर्णय गर्न ढिलाई भएको बताइएको छ । निधीले गृहमन्त्रीबाट राजीनामा गरेपछि सभापति देउवाले तत्कालै अर्को नाम दिने बताएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ले कसैलाई पनि कार्यबाहक तोकेका छैनन ।
पहिलो चरणको स्थानीय निकायको निर्वाचन मिति आउन १० दिनमात्रै बाँकी रहेका बेला शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्ने मन्त्रालय नै मन्त्रीविहिन बन्दा सुरक्षामा असर पर्नसक्ने चिन्ता र चासो ब्यक्त हुन थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव
बैंकलाई ‘ब्रोकर लाइसेन्स’ दिन सुझाव
जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक।
अझै शक्तिशाली बन्ने दाउमा देउवा
अझै शक्तिशाली बन्ने दाउमा देउवा
सगरमाथा पुग्ने पहिलो शेर्पा महिला पत्रकार ?
सगरमाथा पुग्ने पहिलो शेर्पा महिला पत्रकार ?
विश्वका यस्ता स्थान जहाँ त्यहाँ बसिरहेका बाहेक अरुलाई जान प्रतिबन्ध
एमसीसी प्रस्ताव पार्टीमा विफल भए प्रचण्डले राजीनामा दिने
एमसीसी प्रस्ताव पार्टीमा विफल भए प्रचण्डले राजीनामा दिने
बदलिनेले नेतृत्व गर्छन्, नबदलिनेले बिदा लिन्छन् : कांग्रेस प्रवक्ता शर्मा
बदलिनेले नेतृत्व गर्छन्, नबदलिनेले बिदा लिन्छन् : कांग्रेस प्रवक्ता शर्मा
मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी
मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी
वैशाख ८ गतेको राशिफल थाहा पाउनुस यस्तो छ