वनको आम्दानीबाट शिक्षकलाई पारिश्रमिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
२३ पटक हेरिएको
Shares
वनको आम्दानीबाट शिक्षकलाई पारिश्रमिक

सारांश

  • पाल्पा, ११ माघ , रैनादेवी छहरा गाउँपालिका–८, राजापानी आधारभूत विद्यालयका शिक्षकले पारिश्रमिक सामुदायिक वनको आम्दानीबाट लिन बाध्य छन् ।
  • विद्यालयमा दश शिक्षकमध्ये चारजना दरबन्दीका शिक्षक, एक बाल शिक्षक, पाँच निजी स्रोतका शिक्षक रहेपछि विद्यालय धान्नका लागि सामुदायिक वनको आम्दानीबाट पाँच शिक्षकको तलब खुवाउन स्थानीयबासिन्दा बाध्य भएका हुन् ।
  • सन्तानब्बे घरधुरीका १५० विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन् ।

पाल्पा, ११ माघ , रैनादेवी छहरा गाउँपालिका–८, राजापानी आधारभूत विद्यालयका शिक्षकले पारिश्रमिक सामुदायिक वनको आम्दानीबाट लिन बाध्य छन् ।

विद्यालयमा दश शिक्षकमध्ये चारजना दरबन्दीका शिक्षक, एक बाल शिक्षक, पाँच निजी स्रोतका शिक्षक रहेपछि विद्यालय धान्नका लागि सामुदायिक वनको आम्दानीबाट पाँच शिक्षकको तलब खुवाउन स्थानीयबासिन्दा बाध्य भएका हुन् ।

सन्तानब्बे घरधुरीका १५० विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन् । तर, स्थानीय तह र जिल्ला शिक्षा कार्यालयको समन्वयको अभावमा ग्रामीण बस्तीका विद्यालयमा दरबन्दी पूर्ण नहुँदा विद्यार्थी र अभिभावक ठूलो मर्कामा छन् ।

स–साना बालबालिकालाई पठनपाठनका लागि अन्यत्र विद्यालयमा पठाउँदा दुई तीन घण्टा भन्दा बढी समय लाग्ने र घना जंगल, भीर तथा ठूला खोलाका कारण अरु विद्यालयमा पठाउन नसकिएपछि निजी स्रोतबाट शिक्षक राख्न आफूहरु बाध्य भएको स्थानीयबासिन्दाको भनाइ छ ।

वनको आम्दानीबाट शिक्षकलाई केही मात्रामा तलब खर्च जुटाएर विद्यालय धानेका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा अतिनै विकट क्षेत्र मानिएको राजापानीका मगर जातिका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा निजी शिक्षकका भरमा कक्षा सञ्चालन हुँदै आएको छ । निजी स्रोतका शिक्षकलाई रु तीन हजारदेखि १५ हजारसम्म तलब विद्यालय व्यवस्थापन समितिले तोकेको छ । तलबका लागि दुई तीन वर्षमा सामुदायिक वनले ढले गलेका काठ, दाउरा बिक्रीबाट आएको आम्दानी विद्यालयको कोषमा राखेर शिक्षकलाई तलब खुवाइन्छ ।

गाउँको विद्यालयलाई निरन्तरता दिँदा बालबालिकालाई ठूलो राहत भएको छ भने अभिभावक पनि गाउँको विद्यालयमा सन्तान पढाउन पाउँदा खुसी छन् । यस विद्यालय भन्दा अन्यत्र एक्लै बालबालिका पठाउन सक्ने स्थिति नभएकोे स्थानीयबासिन्दा बताउछन् ।

राजापानी सामुदायिक वन उपभोक्ता समिति र राजापानी महिला सामुायिक वन उपभोक्ता समितिले मासिक रु ३० हजार शिक्षकलाई वनको आम्दानीबाट तलबको व्यवस्था गर्नुपर्ने वनका उपाध्यक्ष वेदबहादुर रानाले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक देवबहादुर रास्कोटीले विद्यालयमा निजी स्रोतमा शिक्षक राखेर विद्यालय सञ्चालन गर्न निकै समस्या भएको बताउनुभयो । उहाँले जिल्ला शिक्षा कार्यालय र स्थानीय तहले शिक्षकका लागि तलबको व्यवस्था गरिदिन अनुरोधसमेत गर्नुभयो ।

निजी स्रोतबाट न्यून तलबमा शिक्षकलाई टिकाउने समस्या सामुदायिक विद्यालयले झेल्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जालसाँजी गरेर जग्गा हड्प्नेलाई कारबाही गर्न र जग्गा फिर्ता गराईदिन सरकारसँग पीडितको माँग
जालसाँजी गरेर जग्गा हड्प्नेलाई कारबाही गर्न र जग्गा फिर्ता गराईदिन सरकारसँग पीडितको माँग
प्रदेश २ मा पूर्वमाओवादीको झगडा, नेपालभन्दा ओली बलियो
प्रदेश २ मा पूर्वमाओवादीको झगडा, नेपालभन्दा ओली बलियो
वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित
वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित
प्रधानमन्त्रीज्यू, गफ त निकै धेरै भयो, अब काम पनि गर्ने कि ?
प्रधानमन्त्रीज्यू, गफ त निकै धेरै भयो, अब काम पनि गर्ने कि ?
केपी ओलीको गृहजिल्ला झापामा राप्रपाको ह्याट्रिक
केपी ओलीको गृहजिल्ला झापामा राप्रपाको ह्याट्रिक
काठमाडौँमा ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने
काठमाडौँमा ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने
कञ्चनपुर घटनाका सबै दोषीलाई कारबाही हुन्छ : प्रम ओली
कञ्चनपुर घटनाका सबै दोषीलाई कारबाही हुन्छ : प्रम ओली
कामपामा विद्यार्थी भर्ना अभियान
कामपामा विद्यार्थी भर्ना अभियान
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्ने तर सामान्य गाडी चलेजस्तो बजेट अायाे: बाबुराम भट्टराई
प्रधानमन्त्री देउवाले भोलि देशवासीका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्री देउवाले भोलि देशवासीका नाममा सम्बोधन गर्दै

तपाईंले छुटाउनुभयो कि?