भोलिदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २, २०७३
|
|
४३१ पटक हेरिएको
Shares
भोलिदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

सारांश

  • परीक्षा नियन्त्रण कार्यालयले बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
  • रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भोलिबाट सुरु हुने माध्यामित शिक्षा परीक्षा प्रक्रिया गत वर्षको जस्तै भएको बताउँदै यो वर्षको परिक्षा पनि लेटर गेटिङ प्रणलीमा हुने जनाए ।
  • राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको क्षेत्रीय परीक्षा बोर्डबाट हुनुपर्ने परिक्षा बोर्डको संरचना तयार भइ नसक्दा परीक्षा नियन्त्रण कार्यालयले नै परीक्षा लिन लागेको नियन्त्रक रेग्मीले जानकारी दिए ।

परीक्षा नियन्त्रण कार्यालयले बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भोलिबाट सुरु हुने माध्यामित शिक्षा परीक्षा प्रक्रिया गत वर्षको जस्तै भएको बताउँदै यो वर्षको परिक्षा पनि लेटर गेटिङ प्रणलीमा हुने जनाए ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको क्षेत्रीय परीक्षा बोर्डबाट हुनुपर्ने परिक्षा बोर्डको संरचना तयार भइ नसक्दा परीक्षा नियन्त्रण कार्यालयले नै परीक्षा लिन लागेको नियन्त्रक रेग्मीले जानकारी दिए ।

यसपटकको एसईई परीक्षामा देशभर १९ सय २३ वटा परिक्षा केन्द्र तोकिएको छ । जिल्लामा परीक्षा समन्वय समितिले निर्धारण गरेको आधारमा परीक्षा केन्द्र तय गरेको बताउँदै परीक्षा नियन्त्रक रेग्मीले केन्द्रमध्ये काठमाडौमा सबैभन्दा बढी ९६ वटा र मनाङ र मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र रहेको जानकारी दिए ।

उनले १ सय ५० परीक्षार्थी भएको केन्द्रमा सहायक निरीक्षक थप गर्दै लगिएको र जम्मा २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष भएको बताए ।

रेग्मीले परीक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी परिक्षामा सामेल हुने बताए । परीक्षा बिहीबारबाट सुरु भई चैत १४ गतेसम्म चल्लेछ ।

सरकारले गत वर्षबाट नयाँ शिक्षा ऐन कार्यान्वयनमा ल्याएपछि माध्यमिक शिक्षाको संरचनामा परिवर्तन भई १ देखि १२ कक्षासम्मलाई माध्यमिक शिक्षाको रुपमा परिणत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देही ५ मा कांग्रेसको अग्रता, माओवादी तेस्रो स्थानमा
रुपन्देही ५ मा कांग्रेसको अग्रता, माओवादी तेस्रो स्थानमा
काठमाडौंमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमको चुनाबी एकता!
काठमाडौंमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमको चुनाबी एकता!
अमेरिका,कोरिया बैठकका लागि उपयुक्त ठाउँको खोजी
अमेरिका,कोरिया बैठकका लागि उपयुक्त ठाउँको खोजी
प्रमुख पदमा अहिलेसम्मको कसले कहाँ कहाँ जिते ?
प्रदेशमा एमाले र माओवादीको भागबण्डा मिल्यो, प्रदेश र जिल्ला कमिटी कसलाई कति ? (सूचीसहित)
प्रदेशमा एमाले र माओवादीको भागबण्डा मिल्यो, प्रदेश र जिल्ला कमिटी कसलाई कति ? (सूचीसहित)
कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णय
कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णय
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं महानगरद्वारा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु
काठमाडौं महानगरद्वारा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु
क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जना थुनिए
क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जना थुनिए
धर्मेन्द्रको वायोपिक बन्ने, पर्दामा आफ्नै पिता बन्न इच्छुक शनी !
धर्मेन्द्रको वायोपिक बन्ने, पर्दामा आफ्नै पिता बन्न इच्छुक शनी !

तपाईंले छुटाउनुभयो कि?