अर्काे प्रश्न साेधेकाे भन्दै डाेनाल्ड ट्रम्पले गरे पत्रकारको परिचय पत्र निलम्बन
सारांश
- सञ्चार माध्यम तथा पत्रकारमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरुदेखि नै कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।
- उनले कतिपय मिडियालाई ‘फेक न्युज’ प्रदायकको रुपमा सूचिकृत पनि गरेका छन् ।
- उनको सूचिमा परेको सञ्चार संस्था हो अमेरिकी प्रकाशन तथा प्रशारण संस्था सिएनएन ।
सञ्चार माध्यम तथा पत्रकारमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरुदेखि नै कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । उनले कतिपय मिडियालाई ‘फेक न्युज’ प्रदायकको रुपमा सूचिकृत पनि गरेका छन् ।
उनको सूचिमा परेको सञ्चार संस्था हो अमेरिकी प्रकाशन तथा प्रशारण संस्था सिएनएन । मध्यावधिक चुनावपछि राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा भएको पत्रकार सम्मेलनपछि कार्यालयले सिएनएनका एक पत्रकारको परिचय पत्र निलम्बित गरेको छ । पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा प्रश्न गरेका पत्रकार जिम एकोस्टाको परिचय पत्र अर्को सूचना नआएसम्मका लागि ह्वाइट आउसमा प्रवेश गर्न नपाउने गरी अयोग्य ठहर गरेको हो। एक महिलामाथि एकोस्टाको हात पुगेको आरोप ह्वाइट हाउसले लगाएको छ ।
President Trump believes in a free press and expects and welcomes tough questions of him and his Administration. We will, however, never tolerate a reporter placing his hands on a young woman just trying to do her job as a White House intern…
— Kayleigh McEnany 45 Archived (@PressSec45) November 8, 2018
सिएनएनका लागि प्रमुख ह्वाइट हाउस सम्वाददाता एकोस्टालाई बुधबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ‘अशिष्ट र डरलाग्दो व्यक्ति’ भनेका थिए । राष्ट्रपति ट्रम्पसँग प्रश्न गरिरहेका बेला ह्वाइट हाउसमा कार्यरत एक महिला कर्मचारीले उनको माइक्रोफोन खोस्न खोजेकी थिइन् । तर एकोस्टाले माइक्रोफोन दिन मानेनन् र राष्ट्रपति ट्रम्पलाई अर्को प्रश्न गर्ने प्रयास गरे । त्यसको भिडियो तत्काल अनलाइन मार्फत सार्वजनिक भएको थियो ।
White House aide grabs and tries to physically remove a microphone from CNN Correspondent Jim Acosta during a contentious exchange with President Trump at a news conference. https://t.co/jqIrScUeft pic.twitter.com/BUaaQDOoOF
— NBC Politics (@NBCPolitics) November 8, 2018
ह्याइट हाउसको निर्णयको चौतर्फी आलोचना भएको छ । एकोस्टाले आफूले महिला कर्मचारीमाथि हात लगाएको आरोप झुट रहेको बताएका छन् ।
I’ve just been denied entrance to the WH. Secret Service just informed me I cannot enter the WH grounds for my 8pm hit
— Jim Acosta (@Acosta) November 8, 2018
प्रतिक्रिया