वरिष्ठ नेता नेपाल–भारतीय राजदूत भेट

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
वरिष्ठ नेता नेपाल–भारतीय राजदूत भेट

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले आज नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गर्नुभएको छ ।
  • आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारी रहनुभएका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गर्नुभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जनाउनुभयो ।
  • भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले आज नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गर्नुभएको छ ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारी रहनुभएका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गर्नुभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जनाउनुभयो । भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो । दुई देशबीच अहिले सीमा विवाद उत्पन्न भएकाले कूटनीतिक र राजनीकिक तहबाट समाधानको पहल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेषदूतका रुपमा पठाउने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?