देश बिकासको चुनौति र संभावना (युवा उद्यमी राज कुमार दंगाल)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
देश बिकासको चुनौति र संभावना (युवा उद्यमी राज कुमार दंगाल)

सारांश

  • बिकास एक गतिशील पकृया हो।
  • जसले समाजमा मानव जीवनको हरेक पक्षमा सकारात्मक परिवर्तनको अपेक्षा गरेको हुन्छ।
  • बिकासले मानव जीवनको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक लगायत समग्र पक्षहरुमाथि गुणात्मक एवं सकारात्मक परिवर्तनको सम्भावनाहरुलाई निर्दिष्ट गरेको हुन्छ।

बिकास एक गतिशील पकृया हो। जसले समाजमा मानव जीवनको हरेक पक्षमा सकारात्मक परिवर्तनको अपेक्षा गरेको हुन्छ। बिकासले मानव जीवनको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक लगायत समग्र पक्षहरुमाथि गुणात्मक एवं सकारात्मक परिवर्तनको सम्भावनाहरुलाई निर्दिष्ट गरेको हुन्छ। बिशेषगरी दोश्रो विश्वयुद्धको अन्तसँगै सन १९५० को दशकदेखि बिश्वव्यापि रुपमा बिकासका अबधारणाहरु शुरुवात भएको देखिन्छ। त्यसपछाडिका दशकहरुमा बिश्वका कैयन देशहरुले आर्थिक बिकास र समृद्धिको यात्रामा बिशाल फड्को मार्न सफल भएको देखिन्छ।
पुर्र्वी यशियाका कतिपय देशहरु जुन हाम्रा छिमेकी र समकालीन राष्ट्रहरु हुन, जसको आर्थिक बिकास र समृद्धिको गतिलाई हेर्ने हो भने बिश्व जगतलाई मात खुवाउने किसिमले अगाडि बढेको देखिन्छ। यि देशहरु जसले सन १९६० को दशकदेखि शुरु गरि १९९० को दशक सम्म आइपुग्दा बिकास र समृद्धिको दिशामा असोचनिय तथा अकल्पनिय सफलता हात पारिसकेका थिए। आज पुर्र्वी यशियाका हङ्गकङ्ग, सिंगापुर, दक्षिण कोरिया र ताइवान जस्ता देशहरूलाई “यशियन चमत्कार वा यशियन बाघ” को नामले चिनिन्छ। जुन देशहरुले एकदमै छोटो समयावधी भित्रनै तिब्र आर्थिक बिकासको उपलब्धि हासिल गरी आफुलाई सफल र समृद्ध देशको रुपमा पहिचान बनाईसकेको देखिन्छ।
ति देशहरु जसले आफुलाई आर्थिक बिकास र समृद्धिको क्षेत्रमा स्थापित गराउन देशको माटो अनुकुल मौलिक बिकासको अवधारणा अंगिकार गरेको देखिन्छ। साथै देशका राजनितिक तथा कानुनी वातावरण स्वच्छ र स्थिर बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने गरी उद्योगधन्दा, कलकारखाना र व्यबसायलाई बिस्तार गर्न सहजता प्रदान गरे। साथै यि राष्ट्रहरुले स्वदेशी प्राकृतिक श्रोत र साधनको अधिकतम परिचालन र उपयोग गरेको देखिन्छ। उनिहरुले भौतिक तथा मानविय संसाधान बिकासको क्षेत्रमा उचित लगानी गर्दै मानव श्रोत र साधनलाई दक्ष, सक्षम, अनुशासित, मर्यादित बनाई राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने कार्यमा उपयोग गर्ने नीति अवलम्बन गरेका छन।
बिदेशी व्यापार घाटाको दरलाई कम गर्न आन्तरिक बचत र लगानीको दरलाई बढावा दिदै स्वदेशी उत्पादन निर्यातमा बृद्धि र बिदेशी उत्पादन आयातलाई कम गर्ने नीति अवलम्बन गरेको पाईन्छ। बजार अर्थतन्त्र र राज्य बिचको सम्बन्ध अत्यन्तै सुमधुर बनाई जुनबेला बजार असफल हुन्छ त्यसबखत राज्यले त्यसलाई संबोधन गरी सुधारको बाटोतर्फ लैजाने नीतिले गर्दा आर्थिक बिकास र समृद्धिको उच्च शिखर चुम्न सफल भएको देखिन्छ। जुन हाम्रो जस्तो बिकासशील देशहरुका लागी एउटा गतिले बिकासको नमुना बन्न सक्छ।

बिगत लामो समयदेखि नेपाली जनताले बिभिन्न कालखण्डमा गरेका आन्दोलन, संघर्ष र बलिदानीपुर्ण योगदानको बावजुद बिगतका सामन्ति, निरंकुश, एकात्मक तथा केन्द्रिकत शासन व्यबस्थाको अन्त गरी हाल देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्था अंगिकार गरेको छ। यो सँगै देशमा एक खालको राजनीतिक संक्रमणकाल र अन्योलताको स्थिति अन्त भै नयाँ युगको शुरुवात भएको छ। यो दिगो शान्ति, सुशासन, साथै सामाजिक, आर्थिक तथा सांस्कतिक बिकास र समृद्धिको यात्रा तय गर्ने बेला हो। जसले गर्दा आज समग्र बिकास र समृद्धिको सवाल राष्ट्रिय तहमा घनिभुत बहसको बिषय बनेको छ। राज्यले तय गर्ने बिकासका नीति तथा कार्यक्रमहरु देखि लिएर राजनीतिक दल, नागरिक समाज र आम जनजिब्रोमा समेत बिकास र समृद्धिको बिषयले खुब चर्चा पाएको छ। यद्यपि बिकास निर्माण र समृद्धिको कार्यले भने सोचेजस्तो गति लिन सकिरहेको पाईदैन। यसरी मुलुकको आब्श्यक्ता र जनअपेक्षाअनुसार बिकासको गति बढ्न नसक्दा आम जनमानसमा एक खालको आक्रोश र नैराश्यता देखिन्छ।

उक्त चुनौति र संभावनालाई बेलैमा पहिचान गरी बिकासको मुल फुटाउने जिम्मेवारी यो पुस्ताको काँधमा आएको छ। यो यात्रामा केहि चुनौतिहरुको सामना गर्न परेतापनि बिकास र समृद्धिको स्वर्णिम इतिहास रच्ने महान अवसर भने हाम्रै अगाडि रहेकोे छ।हाम्रो मुलुक प्राकृतिक श्रोत र साधनले धनी, जसले आफैमा बिकासको प्रचुर संभावना बोकिरहेको छ। त्यतिमात्र नभै देशको कुल जनसंख्याको झण्डै ४० प्रतिशत जनसंख्या १६ देखि ४० बर्ष उमेर समुहका रहेका छन। जुन समुह बिकास र समृद्धिको संबाहक अर्थात मुख्य आधारस्तम्भको रुपमा रहेको युवा बर्ग अन्तर्गत पर्दछ। बिडम्बना ति मध्ये लगभग ३० देखि ४० लाख युबाहरु यतिबेला गरिबी र बेरोजगारी समस्याको चपेटामा परी बिदेशी भुमिमा कतै माइनस डिग्री त कतै ५० डिग्री सेल्सियस तापक्रमको तातोमा आफ्नो श्रम, सिप, क्षमता, दक्षता र पसिना बगाउन बाध्य भैरहेका छन। जसले आफ्नो श्रमको उचित मुल्य र सम्मान समेत पाईरहेका छैनन। आजको बिश्वव्यापिकरण र भुमण्डलीकरणको प्रभावसँगै देशबाट युवा तथा बौद्धिक जमात पलायन हुने क्रम बढ्दो छ। जसले गर्दा देशको अर्थतन्त्रमा ठुलो घाटा पुगेको छ। साथै देशको राष्ट्रिय उत्पादनमा गिरावट र बैदेशिक व्यापार घाटाको जोखिम बहन गर्न बाध्य छ।

जबसम्म देशमा उपलब्ध प्राकृतिक श्रोत र साधनको अधिकतम उपयोग गर्दै युवा श्रम र सिपको उच्चतम उपयोग गर्न सकिदैन, तबसम्म देशले आर्थिक बिकास र समृद्धिको सपना पुरा गर्न सकिदैन। तसर्थ, राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै देशको आर्थिक बिकास र समृद्धिको यात्रा पुरा गर्न युवा सहभागिता सहितको बिकास नीति तथा कार्यक्रमहरु तय गरी कार्यन्वयनमा जानुपर्दछ। युवालाई वैज्ञ्।ानिक, प्राबिधिक, व्यबसायिक, सिपमुलक, रोजगारमुलक एवं जनमुखी शिक्षा प्रदान गरी सक्षम, प्रतिष्पर्र्धी, नैतिकवान एवं राष्ट्रिय हित प्रति समर्पित जनशक्ति निर्माण गर्नुपर्दछ। साथै एक्काइशौं शताब्दीको नविन, सोच, सुचना, प्रविधी र विज्ञानलाई उच्चतम प्रयोग गरी स्वदेशमै श्रम र सीपको लगानी गर्ने सहज बातावरणको व्यबस्था गरी आर्थिक बिकास र समृद्धिको ढोका खोल्नुपर्दछ।
अन्तमा, हाम्रो अबिकास, गरिबी र बेरोजगारी समस्या कुनै नियतिको खेल नभै यसलाई संबोधन गर्ने जिम्मेवार पक्षको नियतमा देखिएको अदुरदर्र्शीता र नैराश्यताको परिणाम हो। हामिलाई प्रकृतिले सबै चिज दिएको छ। मात्र अभाव छ त बिकासप्रतिको हाम्रो सोच, चिन्तन र प्रतिबद्धताको। मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी अनि हृदयमा ईमान्दारीतालाई बोकेर अगाडि बढ्नु पर्ने बेला आएको छ। तसर्थ, देशमा उपलब्ध जल, जमिन, जडिवुटी, खनिज पदार्थ, खानी, कृषि, पर्यटन तथा बिकासका सम्भावना बोकि बसेका बिविध श्रोत साधनको पहिचान र अधिकतम प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाई बिकास र समृद्धिको यात्रा पुरा गर्नुपर्ने आजको आब्श्यक्ता मात्र नभै खाँचो भैसकेको छ।

युवा उद्यमी
राज कुमार दंगाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले दिए जिम्मेवारी- महरालाई सभामुख, वर्षमान पार्टी सम्हाल्ने
प्रचण्डले दिए जिम्मेवारी- महरालाई सभामुख, वर्षमान पार्टी सम्हाल्ने
मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
भेटीबाटै वर्षमा १३ करोड आम्दानी
भेटीबाटै वर्षमा १३ करोड आम्दानी
एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः  देउवा
लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः देउवा
सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले घट्यो
सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले घट्यो
रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र
रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र
चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल भारि मतान्तरले विजयी
चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल भारि मतान्तरले विजयी
जेठ १३ गते बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस
जेठ १३ गते बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

तपाईंले छुटाउनुभयो कि?